भक्तपुर । चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाको सदस्य सेवा केन्द्र गुन्डुको प्रथम स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ । संस्थाले चैत्र २ गते गुन्डु सेवाकेन्द्रको प्रथम स्थापना दिवस संगै संस्थाको वार्षिक समिक्षा पनि गरेको छ ।
कार्यक्रम सूर्यविनायक नगरपालिका वडा नं ७ का वडा अध्यक्ष रविन्द्र सापकोटाको प्रमुख आतिथ्यता तथा सेवा केन्द्र संचालन उपसमितिका संयोजक प्रकाश न्यौपानेको सभापतित्व एवं संस्थाका अध्यक्ष प्रमोद घिमिरेको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा गुन्डु सेवाकेन्द्रको र संस्थाको सेवा सुविधा तथा वित्तीय प्रगतिबारे संस्थाका कोषाध्यक्ष नवराज घिमिरेले जानकारी दिएका थिए । त्यसैगरी संस्थाका सचिव दिपककुमार न्यौपाने संस्थाको पृष्ठभूमिको वारेमा जानकारी गराएका थिए । कार्यक्रममा लेखा समितिका संयोजक शालिकराम घिमिरे र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
Leave a comment