बागलुङ । कोशी प्रदेश सहकारी रजिष्ट्रार कार्यालय तथा प्रशिक्षण कार्यालय इनरुवाका सहकारी रजिष्ट्रार हरि बहादुर खत्रीले सहकारी क्षेत्रमा देखिएको संकट समाधानका लागि सदस्यसंगको सामिप्यता बढाउनु पर्नेमा जोड दिए ।
कार्यालयको टोलीसंगै बिहीवार बागलुङको आदर्श सञ्चार सहकारी संस्थाको अवलोकनका क्रममा खत्रीले यस्तो बताएका हुन् । केही सहकारीहरुले सुशासनको पालना नगर्दा, नीति नियम भन्दा बाहिर गएर सञ्चालन गर्दा तथा बढी ब्याजको प्रलोभन लगायतका समस्याका कारण सहकारीमा समस्या देखिन थालेको उनको भनाई थियो ।
कोशी प्रदेश सहकारी रजिष्ट्रार कार्यालय तथा प्रशिक्षण कार्यालय मातहतमा १ हजार सहकारी संघ संस्था रहेका र कार्यालयका तर्फबाट ति सहकारीहरुको अनुगमन नियमन सहित प्रवद्र्धनका क्षेत्रमा काम गर्दै आएको सहकारी अधिकृत मनोज कार्कीले जानकारी दिए ।
आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी. (अञ्जु) ले अवलोकन टोलीलाई स्वागत गर्दै जिल्लाको सहकारी अभियानको अवस्था तथा सहकारीका संकट समाधानका लागि राज्यका तर्फबाट गर्नु पर्ने कामका बारेमा ध्यानाकर्षण गराएकी थिइन् ।
संस्थाका सम्पादक राम बहादुर जिसीले आदर्श सञ्चार सहकारी संस्थाको शुरुवात, हालसम्मको अवस्था र आगामी योजना सहित धौलागिरी क्षेत्रको सहकारी अभियानलाई सबल बनाउन सादर्श सञ्चार सहकारी संस्थाका तर्फबाट भएका गतिविधिका बारेमा जानकारी गराए ।
Leave a comment