हाइलाइट

टुगा आस्था साकोसको अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रम सम्पन्न

टुगा आस्था साकोसको अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रम सम्पन्न :: Sahakari Akhabar

रुपन्देही । टुगा आस्था बचत तथा ऋण सहकारीको आयोजनामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको महिला उपसमितिको संयोजनमा ११३औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा महिला सदस्यको वार्षिक भेला सम्पन्न गरेको छ ।

महिला उपसमिति सदस्य ज्ञानकुमारी कार्कीको अध्यक्षतामा संचालन गरिएको महिला दिवस सम्वन्धि बिशेष कार्यक्रमको प्रमुख अतिथि लोकसेवा आयोग लुम्बिनी प्रदेशकी उपसचिव तारा ज्ञवाली रहेकी थिइन् । प्रमुख अतिथि ज्ञवालीले हामि सबै श्रमिक भएकोले आयआर्जन र बचतलाइ संगै जोडेर अघि बढ्नुपर्ने बताइन् ।

कार्यक्रममा तिलोत्तमा नगरपालिका महिला बालबालिका शाखा प्रमुख सम्झना भण्डारी तथा ओमसतिया गाउँपालिका महिला शाखा प्रमुख निर्मला पाण्डेयको सहभागीता रहेको थियो । संस्थाका अध्यक्ष डीबी थापा, सचिव जीत बहादुर रास्कोटी, कोषाध्यक्ष लालबहादुर थापा, शिक्षा उपसमिति संयोजक गोकुल पोखरेल, संचालक रानुका भण्डारी, अर्चना सुबेदी, धनराज शर्मा लगायत उपसमितिका पदाधिकारीको पनि उपस्थिति थियो ।

प्रत्येक वर्ष प्रदान गरिदै आएको ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिक सदस्य ४४ जनालाइ सम्मान स्वरुप सम्मान पेन्सन वितरण शुरु गरिएको थियो । त्यसैगरी कार्यक्रममा ३४ जना उच्च शिक्षा स्नातकोत्तर, एमफिल, एमडी उपाधि हासिल गर्ने महिला सेयर सदस्यलाइ सम्मान गरिएको थियो ।

सदस्य रुपा पौडेल, बिमला श्रेष्ठ कटैया, शुशिला अर्याल र रजनी श्रेष्ठलाइ यस वर्ष सफल उद्धमीका रुपमा सम्मान गरेको छ । त्यस्तै संस्थाका ३ जना शारीरिक अपाङ्गता महिला सदस्यलाइ आर्थिक सहयोग सहित शल ओढाएर सम्मान गरिएको छ ।

त्यसै गरी संस्थाको महिला सदस्य केन्द्रीत ३ वर्ष देखि ५ वर्ष अवधिको लागि आफ्नो पेवा पैसा ८.५० प्रतिशत ब्याजमा मासिक वा दैनिक रुपमा बचत गर्न सकिने नारी बचत खाता योजनामा सहभागी मध्ये उत्कृष्ट ५ जना महिला सदस्यलाइ सम्मान गरिएको थियो ।

महिला दिवसको अवसरमा सदस्य कविता भण्डारी, उपसमिति सदस्य रीमादेवी भट्टराइ, संचालक सदस्य शशिकला गुरुङ, सल्लाहकार धनमाया गुरुङ, विशिष्ट अतिथि सम्झना भण्डारी र निर्मला पाण्डेयले शुभकामना सहित महिला अधिकार र सशक्तिकरण बारे आफ्नो विचार व्यक्त गर्नु भएको थियो क्ष् संस्था अध्यक्षले संस्थाको समग्र विषयवस्तु बारे बताउदै महिला दिवसको शुभकामना व्यक्त गरेका थिए ।

२८८ जना सहभागी भएको उक्त कार्यक्रमको संचालन महिला उपसमिति सदस्य रेखा खनालको र स्वागत मन्तव्य ऋण उपसमिति सदस्य चन्द्रावती रायमाझीको रहेको थियो ।



Leave a comment