हाइलाइट

सहकारी हकहित राष्ट्रिय समाजको अध्यक्षमा गोविन्द गिरी 

सहकारी हकहित राष्ट्रिय समाजको अध्यक्षमा गोविन्द गिरी  :: Sahakari Akhabar

काठमाडौं । सहकारी हकहित राष्ट्रिय समाजको अध्यक्षमा गोविन्द गिरी निर्वाचित भएका छन् । समाजको फागुन १७ गते सम्पन्न छैटौं तथा सातौं वार्षिक साधारण सभाले गिरीको अध्यक्षतामा सर्वसम्मन नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सुशिल चौधरी, सचिवमा ऋषिराम ढकाल र कोषाध्यक्षमा हिरा बस्नेत चयन भएका छन् । यसैगरी सभाले मोहन मैनाली, केदार बाँस्कोटा र मानव केसीलाई सदस्यको चयन गरेको छ ।

सभामा समाजका अध्यक्ष अर्जुन खतिवडाले संचालक समितिको तर्फबाट वार्षिक प्रगति प्रतिवेदन तथा चालु आर्थिक बर्षका लागि प्रस्तावित कार्ययोजना पेश गरेका थिए ।

अध्यक्ष खतिवडाले विगतमा सहकारी ऐन, २०७४ लाई सहकारीमैत्री बनाउन ऐनको प्रारम्भिक मस्यौदामाथि विभिन्न स्थानमा छलफल र अन्तरक्रिया कार्यक्रम आयोजना गरेर सहकारीकर्मीहरुको प्रतिक्रिया संकलन गरी प्रतिवेदन तयार पारेर तत्कालीन व्यवस्थापिका संसदका प्रमुख दलका सभासदहरुलाई हस्तान्तरण गरेको बताए ।

साधारण सभामा धन्यवाद ज्ञापन गर्दै नवनिर्वाचित अध्यक्ष गोविन्द गिरीले मुलुकको सहकारी अभियानमा देखिने विकृति र विसंगतिलाई न्यूनिकरण गर्दै अभियानलाई मर्यादित र व्यवस्थित बनाउन पहल गर्ने मूल उद्देश्यका साथ समाजको स्थापना गरिएको बताए ।



Leave a comment