हाइलाइट

टुगाआस्था साकोसको समीक्षा गोष्ठी सम्पन्न

टुगाआस्था साकोसको समीक्षा गोष्ठी सम्पन्न :: Sahakari Akhabar

रुपन्देही । टुगा आस्था बिकास बचत तथा ऋण सहकारीले चालु आवको अर्धवार्षिक समीक्षा गरेको छ । संस्थाको चार वर्षिय व्यवसायिक रणनीतिक योजनाको दोश्रो त्रैमासिक समीक्षा गोष्ठी सम्पन्न गरेको हो । संचालक, सल्लाहकार, उपसमिति र कर्मचारीहरुको सहभागितामा मकवानपुरको दामनमा समिक्षा गोष्ठी सम्पन्न गरेको हो ।

यस आर्थिक वर्षको अन्तसम्म ८४ करोड ९१ लाख पूँजी र ९ हजार १५९ सदस्य पुर्याउने लक्ष्य राखेको वार्षिक नीति तथा कार्यक्रमको आवधिक समीक्षा गरिएको हो । संस्थामा ७४ करोड पूँजी र ६ हजार ३ सय सदस्य रहेका छन् ।  समीक्षा अवधिको अन्तमा १९.६३ प्रतिशत तरलता रहेको छ ।

लक्ष्य गरिएको सेयर पूंजीको ८९.३५ प्रतिशत, बचत निक्षेपको ८४.८५ प्रतिशत, ऋण लगानीको ७६.९९ प्रतिशत, सेयर सदस्य ६८.०९ प्रतिशत प्रगति भएको समीक्षा गरेको छ । गोष्ठीले आवधिक रणनीतिक योजनामा तय गरिएको योजनालाइ अझै प्रभावकारी बनाउन सात बुँदे प्रतिवद्धता गरेको छ । गोष्ठी संगै जिल्लाका महिला मिलन साकोस पदमपोखरी र जनचेतना साकोस अवलोकन भ्रमण गरेको थियो । गोष्ठीमा ५४ जनाको सहभागिता रहेको थियो । 



Leave a comment