हाइलाइट

मिलिजुली बचत तथा ऋण सहकारी संस्था चोरी

मिलिजुली बचत तथा ऋण सहकारी संस्था चोरी :: Sahakari Akhabar

विराटनगर । सुन्दरहरैंचा नगरपालिका १ हरैंचास्थित मिलिजुली बचत तथा ऋण सहकारी संस्थाबाट नगद चोरी भएको छ । बिहीबार राति ४ लाख ५९ हजार ५ सय ११ रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ।

उक्त संस्थाको भवनको सिसाको झ्याल र ग्रील फोडेर प्रवेश गरी सेफमा रहेको नगद चोरी भएको हो। इलाका प्रहरी कार्यालय हरैंचाको टोलीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।



Leave a comment