हाइलाइट

सामूहिक साकोसको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

सामूहिक साकोसको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न :: Sahakari Akhabar

भक्तपुर । सामूहिक साकोसको आव २०७९ / ०८० को अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायको सभापतित्वमा भक्तपुरमा संस्थाका संचालक समिति, लेखा समिति, निवर्तमान अध्यक्ष, सल्लाहकार, विभिन्न उपसमिति सदस्यहरु र कर्मचारीहरुलगायत २७ जनाको सहभागीता समिक्षा बैठक सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै संस्थाका सचिव कृष्णहरि सैँजुले कार्यक्रमको औचित्यमाथि प्रस्ट पारे । कार्यक्रममा समता सदस्य सेवाकेन्द्र र बुद्ध सदस्य सेवाकेन्द्र प्रमुखहरू क्रमश सुशिला गोथे र रामेश्वरी शिल्पकारबाट आर्थिक प्रतिवेदन तथा सेवाकेन्द्रको अवस्थाको विषयमा प्रस्तुतीकरण गरेका थिए भने समग्र रुपमा संस्थाका निमित्त व्यवस्थापक अनिता दुवालवाट अर्धवार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

संस्थाले विषम् पस्थिितिमा पनि अर्धवार्षिक ६ हजार ७४० जना सदस्यसंग ७१ करोड ०७ लाख ९७ हजार ५०१ रुपैयाँको कुल कारोवार तथा  २ लाख ६ हजार ४९२ नाफा गरेको जनाइएको छ । संस्थाले बचत फिर्ताका लागि तरलता २० प्रतिशत रहेको सदस्यहरु संस्थाप्रति सकारात्मक रहेको लेखासुपरिवेक्षण समिति संयोजक नित्यनाथ श्रेष्ठले बताए ।

निवर्तमान अध्यक्ष, सल्लाहकार लगायतका बक्ताहरुबाट आएका सुझाव तथा जिज्ञासाहरुमा सचिव कृष्णहरि सैँजुबाट विविध समस्या बाबुजुत पनि संस्थालाइ सुरक्षित र स्थायित्व कायम गरी उत्कृष्ट सहभागिता पुरस्कार २०७८, उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७८, जिल्लाको उत्कृष्ट सहकारी संस्था २०७८ र संस्थागत भवनको निर्माण सम्पन्न पनि प्राप्त भइसकेको जानकारी गराए ।

कोषाध्यक्ष अशोकरत्न शाक्यले भक्तपुर जिल्लामा २ वटा वडा बाहेक जिल्लाभर कार्यक्षेत्र भइरहेको र तरलता संकटको अवस्थामा पनि बचत फिर्तामात्र नभइ ऋण लगानी समेत गर्दै आइरहेको बताए । कार्यक्रममा निवर्तमान व्यवस्थापक कविन्द्र धौवन्जारलाई सम्मान सहित विदाई गरेको थियो ।

अध्यक्ष राजोपाध्यायले चारै नगरपालिकामा सदस्यता विस्तार र निक्षेप संकलनका लागि अवको दिनमा गर्न सकिने सम्भावित योजनाहरुको बारेमा पनि प्रष्ट पारे । अर्धवार्षिक समीक्षा कार्यक्रमको संचालन संस्थाका लेखा अधिकृत विन्द्रा नायभाले गरेका थिए ।



Leave a comment