हाइलाइट

एकिकृत जनभावना साकोसद्धारा हाजिरीजवाफ प्रतियोगिताको आयोजना

एकिकृत जनभावना साकोसद्धारा हाजिरीजवाफ प्रतियोगिताको आयोजना :: Sahakari Akhabar

विराटनगर । बालबालिकाको वौद्धिक साथै सारिरीक विकास गर्ने उदेश्यले एकिकृत जनभावना बचत तथा ऋण सहकारी संस्था लेटाङले अन्तर माध्यामिक बिद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।

सहकारीले हरेक बर्ष बालबालिकाको विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । सहकारीका सह व्यवस्थापक टंक बहादुर मच्कोटीका अनुसार सहकारीले बार्षिक कार्यक्रममा नै उल्लेख गरेर  कुनै बर्ष, बक्तित्वकला प्रतियोगिता, कुनै बर्ष हाजिरीजवाफ तथा कुनै बर्ष अन्य कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।

सहकारीका उपाध्यक्ष तथा शिक्षा उप समिति सदस्य मित्रकुमार लिम्बुको अध्यक्षतामा भएको हाजिरीजवाफ प्रतियोगितामा  लेटाङ नगरपालिका र केराबारी गाउँपालिकाका १० वटा विद्यालय सहभागि भएका थिए । 

प्रतियोगितामा शिक्षा बिकास माध्यामिक विद्यालय लेटाङ ५ खेरुवा प्रथम, लक्ष्मी माध्याकि विद्यालय केराबारी ९ भलुवा द्धितिय र श्री माध्यामिक विद्यालय लेटाङ ९ जाँते तृतीय भएका छन् । 

बिजेता विद्यार्थी साथै विद्यालयलाई शैक्षिक सामाग्री सहितको पुरस्कार, मायाको  चिनो र प्रमाणपत्र बितरण गरिएको सहकारीका व्यवस्थापक पारस लुईटेलले जानकारी दिए । कार्यक्रममा सहकारी संस्थाका पदाधिकारी, विद्यालयका शिक्षक, विद्यार्थी तथा शेयर सदस्यहरुको सहभागिता रहेको थियो । 
 



Leave a comment