भरतपुर । हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्थाले संचालकलाई क्षमता अभिवृद्धि तालिम दिएको छ । नेफ्स्कूनको प्राबिधिक सहयोगमा भएको तालिममा संस्थाको संचालक, लेखा सुपरिवेक्षण समिति, सेवाकेन्द्र व्यवस्थापन उप समिति तथा कर्मचारी गरि २९ जनाको सहभागीता रहेको थियो । तालिम माघ २२ गते बाट २५ गते सम्म ४ दिनसम्म संचालन भएको थियो ।
तालिममा वित्तिय बजारमा साकोसको छवि, संचालकको काम कर्तव्य दायित्व, प्रभावकारीता, ब्यवस्थापन पक्षबाट संचालकको अपेक्षा, संचालकबाट ब्यवस्थापनको अपेक्षा, बजार खण्डीकरण, सदस्यको आवश्यकताका बारेका चर्चा गरिएको थियो ।
त्यसैगरी बस्तु तथा सेवाको बिकास, बजारीकरण, बित्तिय बजारमा साकोसले ओगटेको क्षेत्र, वित्तिय व्यवस्थापन, ऋण लगानीका आधार, भाखा नाघेको ऋण ब्यवस्थापन, रणनीतिक योजना, मानव संसाधन ब्यवस्थापन, कानुनी उत्तर दायित्व र सुसाशन एवं सहकारीमा हुनसक्ने स्रोतको दुरुपयोगका बिषयमा प्रशिक्षण गरिएको प्रदान गरिएकोे संस्थाका उपाध्यक्ष अनिलराज पौडेलले बताए।
संस्थाका अध्यक्ष तेजेन्द्रबहादुर खड्काको अध्यक्षतामा सम्पन्न तालिममा प्रमुख अतिथी नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारी रहेकी थिइन् । तालिम नेफ्स्कूनका प्राचार्य सञ्जयराज तिमिल्सिना, कार्यक्रम अधिकृत कोमलराज अधिकारीले सहजीकरण गरेका थिए ।
संस्थाका अध्यक्ष तेजेन्द्रबहादुर खड्काले तालिमले संचालकको क्षमता विकास एवं संस्थाको विकासमा भुमिका खेल्ने बताए । उनले सुशासनमा नचलेका केही साकोसहरु भागेकाकारण बर्तमान अवस्थामा सहकारी अभियानमा गम्भिर चुनौति थपिएको बताए ।
Leave a comment