हाइलाइट

हुप्सेकोटमा सहकारी व्यवस्थापन तालिम

हुप्सेकोटमा सहकारी व्यवस्थापन तालिम :: Sahakari Akhabar

नवलपुर । हुप्सेकोट गाँउपालिका नवलपुरको आयोजना तथा राष्ट्रिय सहकारी बैंक लिमिटेड कावासोती शाखाको सह—आयोजनामा १ दिने सकारी ब्यवस्थापन तालिम आईतबार सम्पन्न भएको छ।

गाउँपालिका कार्यक्षेत्र भएका सहकारी संस्थाका संचालक, लेखा समिति तथा व्यवस्थापकहरुको क्षमता अभिवृद्धि गरी सुशासनयुक्त र व्यावसायिक रुपमा सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम आयोजना गरिएको हो।

तालिम समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले सहकारीका संचालक तथा कर्मचारीले आफ्ना संस्थामा स्वनियमनमा रहि सदस्यलाई शिक्षा तालिम प्रदान गर्न तथा एकीकरण प्राथमिता दिएर संचालन गर्नुपर्ने आजको आवश्यकता रहेको बताएन्।

सहकारी संस्थाले वार्षिक साधारण सभा संगसंगै अन्य सदस्य सेवा, सामाजिक सेवाका कार्य गर्नुपर्नेमा जोड दिइन् । राष्ट्रिय सहकारी बैंकले आफ्ना सदस्य संघ / संस्थाहरुलाई दिईरहेको सेवा सुविधा, बैंकका नयाँ सेवा सुविधा तथा बैकमा आवद्धता हुँदा संस्थाले पाउने फाइदाका बारेमा बैंकका कावासोती शाखा प्रमुख रुक्मत श्रेष्ठले जानकारी गराए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पूर्णसिंह राना,  प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रसाद बस्याल, लेखा अधिकृत राजेन्द्र प्रसाद रेग्मी, सामाजिक विकास सेवा शाखा प्रमुख रबिन्द्र सापकोटा, तालिमका सहजकर्ता बैंकका सहायक अधिकृत राजकुमार बरालले सहकारी व्यवसायमार्फत समाज रुपान्तरणका लागि यसले सञ्चालन गर्ने व्यवसायलाई व्यवस्थित बनाउनु पर्नेमा जोड दिए । तालिम १३ वटा सहकारी संस्थाका ३१ जनाको सहभागिता रहेको थियो । 



Leave a comment