काठमाडौं । आलापोटमा मुख्य कार्यालय रहेको सहयोगी बचत तथा ऋण सहकारी संस्थाले सदस्यको निशुल्क स्वास्थ्य परिक्षण गराएको छ । संस्थाले लायन्स क्लब अफ रामेछापको सहयोग तथा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर र ओम समाज डेन्टल अस्पतालको प्राबिधिक सहयोगमा सदस्यको निशूल्क स्वास्थ्य परिक्षण गराएको हो ।
माघ १६ गते कागेश्वरी मनोहरा नगरपालिका २ आलापोट कृष्णचौरमा २०४ र भोटेचौरमा ११६ गरि ३२० जना आँखा बिरामीको आँखा परिक्षण गरिएको जनाइएको छ । त्यसैगरी उक्त दिन आलापोटमा २६ जना र भोटेचौरमा १५ जना गरि जम्मा ४१ जनाको मोतियाबिन्दु बिरामीको निशुल्क अपरेसन गरिएको थियो ।
त्यसैगरी उक्त दिन २८५ जना दाँतका बिरामीको दन्त परीक्षण तथा सफाइ गरिएको थियो । संस्थाको बार्षिक योजना अनुसार शिविर सन्चालन गरि सदस्यलाई सेवा दिइएको संस्थाका अध्यक्ष रामेश्वर श्रेष्ठले जानकारी दिए । उनले संस्थामा लघुवित्त र बचत तथा ऋणको गरि ८ हजार ४४१ जना सदस्य तथा ५ वटा सेवा केन्द्र रहेको जनाए ।
Leave a comment