बुडोल सामुदायिक साकोसको वार्षिकोत्सवमा घिमिरे बन्धुलाई ‘बुसा’ सम्मान

बुडोल सामुदायिक साकोसको वार्षिकोत्सवमा घिमिरे बन्धुलाई ‘बुसा’ सम्मान :: Sahakari Akhabar

काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको २४औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कैलाश केसीको सभापतित्व तथा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यतामा होटल उग्रचण्डी एण्ड बैंक्वेट, बनेपामा सम्पन्न भएको हो ।

कार्यक्रममा नेफ्स्कूनका पूर्व अध्यक्ष तथा ऋषिराज घिमिरेलाई “बुसा सहकारी साधना सम्मान–२०७९” प्रदान गरिएको थियो । सोही अवसरमा घोषणा गरिएको बुसा सहकारी साधना मरणोपरान्त सम्मानबाट स्व.भोजराज घिमिरेलाई सम्मानीत गरेको छ । सो सम्मान घिमिरेका छोरा किरण घिमिरेले ग्रहण गरेका थिए । 

कार्यक्रममा प्रमुख अतिथि मिनराज कँडेल, विशिष्ट अतिथि परितोष पौड्याल, अतिथि दिलिप शर्मा, सम्मानित व्यक्तित्व ऋषिराज घिमिरे लगायतले बुडोल सामुदायिक साकोसले सामुदायिक विकासमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा आव ०७८।०७९मा उत्कृष्ट बाल बचतकर्ता, बचतकर्ता, ऋणी, शेयर खरिदकर्ता सदस्यहरू, रक्तदाताहरू, संरक्षित पूँजी फिर्ता कोषबाट अधिकतम रकम प्राप्त गर्ने सदस्यहरू र उत्कृष्ट कर्मचारीलाई समेत नगद रकम सहित सम्मान गरेको छ ।

यसैगरी संस्थाले यो वर्षदेखि शुरुवात गरेको “बुसा शैक्षिक सम्मान” कार्यक्रम अन्तर्गत २०७८ बैशाख देखि २०७९ पुष मसान्तसम्ममा १०ं२, स्नातक, स्नातकोत्तर र एमफिल तह उत्तीर्ण गर्ने २७ जनालाई साथै कलेज प्रथम १ जना सदस्यलाई नगदसहित सम्मान गरेको छ।

समारोहमा नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा ३५ जना रक्तदाताहरुले रक्तदान गरेका थिए। कार्यक्रममा बुडोल सामुदायिक साकोसले निर्माण गरेको सन्देशमूलक श्रव्यदृश्य भिडियो लोकार्पण गरिनुको साथै विभिन्न साँस्कृतिक कार्यक्रमहरू समेत प्रस्तुत गरिएको थियो ।



Leave a comment