काभ्रे । सामुदायिक बचत तथा ऋण सहकारीको आर्थिक वर्ष २०७९ / ०८० को पहिलो ६ महिनाको समिक्षा गोष्ठी सम्पन्न भएको छ ।गोष्ठीमा संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले संस्थाको समग्र वित्तीय तथा ब्यवस्थापकिय लक्ष्य र प्राप्तिको बिवरणका साथै आगामी लक्ष्य प्रस्तुत गरेका थिए ।
संस्थाले यस आ.व.मा साविक बनेपा ७ स्थित युवा बचत तथा ऋण सहकारी संस्थासँग एकीकरणको स्वीकृती भई एकीकृत कारोवार समेत सुरु भैसकेको जानकारी गराए ।
२०७९ पौष मसान्तसम्म संस्थाले कुल कारोवार रकममा लक्ष्य भन्दा ७ करोड बढि हासिल गर्न सफल भएको उनले बताए । संस्थाको सदस्य संख्या ४९ हजार ८६९ जना, शेयर पुँजी ३९ करोड ७९ लाख, कुल कारोबार ४ अर्ब ३० करोड भएको उनले बताए ।
कार्यक्रमका संस्थाका अध्यक्ष प्रकाश वन्जाराले लक्ष्य प्राप्तिमा एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिए । संस्थाको सक्षमता कायम राखि विकास र विस्तारका लागि आवश्यक संशाधन र स्रोतको ब्यवस्थापनमा कमी हुन नदिने प्रतिवद्धता समेत उनले ब्यक्त गरे।
सामुदायिक साकोसले सदस्य सेवामा स्थानिय तह देखि प्रदेश तहसम्म सहकार्य गरी कार्य गर्न तत्पर रहेको उल्लेख गर्दै बञ्जाराले सामुदायिक नै भावना र ब्यवहारमा हुनुपर्ने विचार राखे ।
संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सेवाकेन्द्र ब्यवस्थापन उपसमितिका संयोजक, सल्लाहकारहरु तथा कर्मचारीहरुको उपस्थितिमा रहेको थियो ।
संस्थाका प्रमुख सल्लाहकार दीपक थापाले गोष्ठीको उद्घाटन गरेका थिए । संस्थाका उपाध्यक्ष कुमारप्रसाद लामिछानेले संस्थाको वार्षिक लक्ष्य र लक्ष्य प्राप्तिका लागि रहेको योजनाबारे बताए ।
सल्लाहकार थापाले संस्था सञ्चालनको शुरुवाती चरणमा शतप्रतिशत नै सञ्चालकहरुको मेहनत र परिश्रम पर्ने बताउँदै मध्यकालमा सञ्चालक र कर्मचारीहरुको ५०।५० प्रतिशत मेहनत र परिश्रम पर्ने जनाए ।
कार्यक्रममा कुन्तावेशी सेवाकेन्द्र ब्यवस्थापन उपसमितिका संयोजक नारायण प्रसाद लम्सालले संस्थाको सेवा उपभोग गर्न नजिकका जिल्लाका ब्यक्तिहरुको समेत आग्रह आएकोले त्यस तर्फ पनि ध्यान दिन समितिलाई आग्रह गरे ।
कार्यक्रममा नेफ्स्कुनका पूर्व प्रमुख कार्यकारी अधिकृत एवं संस्थाका योजना परामर्श उपसमितिका संयोजक डा. शिवजी सापकोटाले कार्यक्रम र कार्यक्रममा प्रस्तुतीका लागि सुधार गर्नुपर्ने कुराहरुको बारेमा सुझाव दिदैं वस्तु तथा सेवाको विस्तार गर्दै लक्ष्य हासिल गर्न कुनै पनि समस्या नरहेको बताए ।
Leave a comment