हाइलाइट

अमर साकोसको सदस्य क्षमता विकास तालिम सम्पन्न 

अमर साकोसको सदस्य क्षमता विकास तालिम सम्पन्न  :: Sahakari Akhabar

नवलपुर । गैडाकोट–१६, अमरापुरी, नवलपरासीमा रहेको अमर बचत तथा ऋण सहकारी संस्थाका सदस्यलाई क्षमता विकास तालिम दिइएको छ । माघ १४ र १५ गते सञ्चालित तालिमको प्राविधिक सहजीकरण नेफ्स्कून तालिम अधिकृत सुमनराज घिमिरेले गरेका थिए ।

दुइदिनसम्म संचालित तालिममा संस्थाका अध्यक्ष कुलप्रसाद अधिकारी संस्थाका संचालक, लेखा सुपरिवेक्षण समिति, व्यवस्थापक र सहायक व्यवस्थापक गरी २० जनाको सहभागिता रहेको थियो । अध्यक्ष अधिकारीले सक्षमता विकास तालिमले संस्था विकासकोलागि अति प्रभावकारी रहने बताए ।

प्रशिक्षक घिमिरेले सहकारी सिद्धान्त, संचालक समिति, विभिन्न उप–समितिको काम, कर्तव्य र अधिकार, बैठक व्यवस्थापन, आन्तरिक लेखा सुपरिवेक्षण समितिको काम कर्तव्य, अधिकार, नेतृत्वको सिप, नेतृत्वको हस्तान्तरण लगायतको विषयमा प्रशिक्षण गरेका थिए । कायक्रम संस्थाका सचिव आनन्दकुमार शर्मा पंगालीले संचालन गरेका थिए । कार्यक्रमको व्यवस्थापन संस्थाका व्यवस्थापक देवेन्द्र बहादुर खड्काले गरेका थिए । 
 



Leave a comment