हाइलाइट

आदर्श सहकारीको सदस्य भेटौ : सदस्य सुनौ अभियान गहतेमा

आदर्श सहकारीको सदस्य भेटौ : सदस्य सुनौ अभियान गहतेमा :: Sahakari Akhabar

बागलुङ । आदर्श सञ्चार सहकारी संस्थाले बागलुङ नगरपालिका वडा नं. ३ गहतेमा एक दिने सदस्य सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सदस्यहरुलाई सहकारीका बारेमा सचेतना प्रदान गर्ने उद्देश्यकासाथ संस्थाले सञ्चालन गरेको सदस्य भेटौ, सदस्य सुनौ अभियान अन्तरगत शुक्रवार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

सहकारी सदस्यहरुको हो, सदस्यहरुको सक्रिय सहभागिता सञ्चालन हुने व्यवसायका रुपमा रहेकाले सहकारीका सदस्यहरुलाई सक्रिय बनाउने, सहकारीले सञ्चालन गरेका गतिविधिमा सदस्यहरुको सहभागिता बढाउने उद्देश्यले संस्थाले सदस्य भेटौ, सदस्य सुनौ अभियान सञ्चालन गरेको जनाइएको छ ।

सदस्यहरुलाई सहकारी अभियान र संस्थाले सञ्चालन गरेका गतिविधिका बारेमा जानकारी गराउनुका साथै सदस्यहरुका समस्या, गुनासा र सुझाव संकलन गरेर संस्थालाई गतिशिल बनाउन सदस्य भेटौ, सदस्य सुनौ अभियान सञ्चालन गरिएको संस्थाले जनाएको छ ।

बागलुङ नगरपालिका वडा नं. ३ गहतेमा रहेका शेयर सदस्यहरुकालागि सञ्चालित कार्यक्रममा संस्थाका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारीमा सदस्यको भूमिका, अधिकार र कर्तव्यका बारेमा जानकारी गराएका थिए ।

वित्तीय क्षेत्रमा देखिएको संकटसंग सहकारीमा आएको संकटको समाधान सदस्यहरुबाट मात्रै संभव रहेको चर्चा गर्दै उनले सबै सदस्यले आफ्नो संस्थामा नियमित कारोबार गर्ने र संस्थालाई सल्लाह सुझाव दिनु पर्ने बताए।

बानपा–३ का वडा सदस्यनगेन्द्र बहादुर केसीले आदर्श सञ्चार सहकारी संस्थाले सदस्यहरुलाई वित्तीय रुपमा साक्षर बनाउनुका साथै नियमितकार्यक्रमहरु गरेर आम समुदायलाई समेत सचेत बनाउने काम गरेको बताए ।

संस्थाका ५० जना शेयर सदस्यहरुको सहभागिता रहेको कार्यक्रम संस्थाका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमाकुमारी जि.सी.(अञ्जु) को अध्यक्षता, सञ्चालक अम्बिका जिसीको स्वागत र प्रवन्धक दिपकराज सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।



Leave a comment