हाइलाइट

संस्थाको निक्षेप संचालकले चलाउदा सहकारीमा समस्या 

संस्थाको निक्षेप संचालकले चलाउदा सहकारीमा समस्या  :: Sahakari Akhabar

नवलपुर । राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुुर जिसीले संस्थामा जम्मा भएको निक्षेप संचालकहरुले मनोमानी ढंगबाट संचालन गर्दा सहकारीमा समस्या आएको बताएका छन् । बैंकको कावासोती शाखाले सञ्चालन गरेको दुइ दिने ऋण तथा जोखिम ब्यवस्थापन तालिमको समापन गर्दै उनले सहकारीमा रहेको पैसा सदस्यहरुको हो भन्ने बुझ्न सकेमा सहकारीमा आउने समस्या कम हुने उल्लेख गरे। 

'सहकारीमा सदस्यहरुको शेयर तथा वचत रकम हुन्छ, सदस्यहरुले गरेको वचत कतिपय सहकारीका सञ्चालकहरुले मनोमानी तरिकाले परिचालन गरेका कारण सहकारीमा समस्या आएको छ, जिसीले भने,–‘सहकारीमा भएको पैसा सदस्यहरुको हो, उनीहरुले मागेका वखत फिर्ता गर्नु पर्छ भन्ने कुरा सबै सञ्चालकहरुले बुझ्ने हो भने सहकारीमा समस्या आउदैन ।’  यतिबेला सहकारीहरुलाई जोगाउनु पर्ने अवस्था आएको चर्चा गर्दै उहाँले सहकारीको साख जोगाउनका लागि सबै भन्दा महत्वपूर्ण कुरा सुशासन कायम गर्नु पर्ने उनको भनाइ थियो ।

कार्यक्रममा जिल्ला वचत तथा ऋण सहकारी संघ नवलपुरका अध्यक्ष होमनाथ जैसी, पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख सागर खनाल, युवा तथा साना व्यवसायी स्वरोजगार कोष नवलपुरका सदस्य सचिव प्रितम भुजेल, तालिमका सहजकर्ता बैंकका सहायक अधिकृत राजकुमार बरालले सहकारी व्यवसायमार्फत समाज रुपान्तरणका लागि यसले सञ्चालन गर्ने व्यवसायलाई व्यवस्थित बनाउनु पर्नेमा जोड दिए । 

कार्यक्रममा तालिमका सहभागीहरु कालीगण्डकी साकोसका कोषाध्यक्ष रेशमलाल चापागाई र नव प्रतिभा वचत तथा ऋण सहकारी संस्थाका सञ्चालक दुर्गालक्ष्मी काफ्ले पाठकले तालिमबाट ऋणको जोखिम कम गर्नका लागि धेरै महत्वपूर्ण कुराको जानकारी भएको र संस्थामा गएर सिकेको कुरा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे । तालिममा २७ वटा सहकारी संघ संस्थाका ४४ जनाको सहभागिता रहेको थियो । 
 



Leave a comment