हाइलाइट

सहकारी कर्मचारी संगठनको १४ औ वार्षिक साधारणसभा सम्पन्न 

सहकारी कर्मचारी संगठनको १४ औ वार्षिक साधारणसभा सम्पन्न  :: Sahakari Akhabar

विराटनगर। सहकारी कर्मचारी संगठन मोरङको १४ औं बार्षिक साधारण सभा आईतबार सम्पन्न भएको छ । मोरङ्गको उर्लाबारी –२ स्थित बेतनी सिमसार मंगलबारेमा वनभोज सहितको साधारण सभा सम्पन्न गरेको संगठनले जनाएको छ ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश प्रसाद पोखरेलले कोरोनाले विगतका दुई वर्ष सिंगो नेपाली अर्थतन्त्र धराशायी बनाएको वेला युक्रेन र रसियाबिचको युद्धले विश्व बजारमा थप आर्थिक मन्दी आएकोले त्यसको असर सहकारीमा पनि परेको बताए ।

पथरीशनिश्चरे नगर पालिकाभित्र रहेका सहकारी संस्थाहरूमा कार्यरत कर्मचारी संगठनका अध्यक्ष एवं लर्ड बुद्ध साकोसका व्यवस्थापक गणेश कुमार वाछना राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सहकारी संघ लि, प्रदेश नं १ का अध्यक्ष डिल्ली पोखरेल, सहकारी कर्मचारी संगठन उर्लावारीका अध्यक्ष चक्रबहादुर खड्का, जिल्ला बचत संघका अध्यक्ष प्रेम प्रकाश कोइराला,जिल्ला समन्वय समिति मोरङ्गका सह– सचिव युवराज भट्टराई, पथरीशनिश्चरे नगरका पूर्व प्रमुख दिलिप कुमार राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त अवसरमा आर्थिक वर्ष २०७८ / ०७९को प्रगति प्रतिवेदन तथा आव २०७९÷०८० को कार्य योजना संगठनका सचिव समेत रहेका मनकामना व्यवस्थापक कल्याण बजगाईंले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन तथा प्रस्तावित बजेट कोषाध्यक्ष ईन्दिरा बुढाथोकीले प्रस्तुत गरेकी थिइन् ।

जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका वरिष्ठ उपाध्यक्ष एकराज निरौलालाई  सहकारी  अभियान निरन्तरता सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । त्यस्तै लामो समयदेखि सहकारी संस्थाहरूको कर्मचारीको रूपमा रहेको सेवा गरिरहेका आरती साकोसकी चण्डिका बराल र  मनकामना साकोसकी पार्वता बुढाथोकीलाई सम्मान गरिएको थियो । सोही अवसरमा उत्कृष्ट बचतकर्ता र ऋण कारोवारकर्ताहरूलाई पनि पुरस्कृत गरिएको थियो ।



Leave a comment