विराटनगर । ग्रामथान गाउँपालिका २ झोराहाटमा रहेको सहकारी संस्था लिं. झोराहाटको अध्यक्षमा पुनः विजय कुमार माझी निर्विरोध निर्वाचित भएका छन् । सहकारीको ३५ औं बार्षिक साधारण सभाबाट माझी निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचन समितिले माघ ७ गते चुनाव मिति तोकेर ३ गते उम्मेद्वारी आह्वान गरेको थियो । आवश्यक पदमा एक एक जनाको मात्र उम्मेद्वारी परेपछि निर्विरोध भएको निर्वाचन समितिका संयोजक राकेश दाहालले जानकारी दिए ।
सहकारीको उपाध्यमा शोभादेवी भट्टराई निर्विरोध निर्वाचित भएकी छिन् भने ९ जना संचालक सदस्य पनि निर्विरोध निर्वाचित भएका छन् । संचालक सदस्यमा बिहालाल माझी, चनमती सरदार, श्वरवती खाँ, टिकाराम माझी, आशाराम माझी, जितेन्द्र खवास, तिलकराम भगवत, गोपाल प्रसाद न्यौपान्ने, सम्पतलाल चौधरी रहेका छन् । त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा चन्दन कुमार चौधरी निर्विरोध निर्वाचित भएका छन् भने सदस्यमा दुर्गा कुमारी चौधरी र सोम्नीमा माझी निर्विरोध निर्वाचित भएका छन् ।
Leave a comment