काठमाडौ । पेप्सिकोलामा रहेको धनराज बहुउद्देश्यीय सहकारी संस्थाको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष राकेश कुमार भण्डारीले आर्थिक वर्ष ०७८ / ०७९ को प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले संस्था नयाँ व्यवस्थापनले २०७८ साल माघ २६ गते बाट संचालन गरेको जानकारी दिए ।
स्थापना समयमा सस्थामा ७ जना संचालक र ३ जना लेखा सुपरिवेक्षण समिति गरि ५५ लाख शेयरपूँजी बाट कारोबार सुरु गरेको बताए ।उनले स–साना पूँजीलाई एकिकृत गरि साना व्यावसायिहरुलाई सहुलियत ऋण उपलब्ध गराउने तथा बहुउद्देश्यीय किसिमका व्यावसयिक कार्यहरु मार्फत उत्पादनन, बजारिकण तथा बिक्रिवितरण गरी सदस्यहरुको आयआर्जनमा वृद्धि गर्नु संस्थाको उद्देश्य रहेकबो जनाए ।
संस्थामा हाल १५० जना सदस्य रहेको र ७० लाख ३७ हजार ५ सय रुपैयाँ सेयर पूजी रहेको जनाए त्यसैगरी संस्थाले ७३ लाख ३५ हजार ९०४ रुपैयाँ बचत र ८५ लाख ९७ हजार ६४६ रुपैयाँ ऋण प्रवाह भएको जानकारी दिए । संस्थाको कुल सम्पत्ति तथा दायित्व १ करोड ३२ लाख ९१ हजार रहेको जनाए । सभामा संचालक समितिको तर्फबाट कोषाध्यक्ष फुलकाजी भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको थिए ।
उनले कूल आम्दानी ५ लाख ६८ हजार ६०४ रुपैयाँ, कोषमा १ लाख २ हजार ५९४ रुपैयाँ रहेको जानकारी दिए। त्यसैगरी आव ०७९ / ८० को अन्तसम्ममा कूल पुँजी तथा दायित्व १ करोड ३२ लाख ९१ हजार वृद्धि गरी ३ करोड ७५ लाख ५० हजार पुर्याउने लक्ष्य रहेको बताए । त्यस्तै आम्दानी तथा खर्च आव ०७९÷८० को अन्तसम्ममा कुल आम्दानी ५ लाख ६८ हजार ६०४ रुपैयाँबाट वृद्धि गरी ५२ लाख ३ हजार ६८९ रुपैयाँ पुर्याउने लक्ष्य लिइएको जनाए ।
Leave a comment