बागलुङ । जिल्ला सहकारी संघ लिमिटेड बागलुङको १४ औं वार्षिक साधारणसभा आइतवार सम्पन्न भएको छ । साधाणसभाको उद्घाटन जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाले गरेका थिए । र्नु भएको थियो । प्रमुख थापाले सहकारी समाजवाद निर्माणको महत्वपूर्ण आधारस्तम्भ भएको बताए ।
सहकारीले पूँजि निर्माण र नेतृत्व विकासका क्षेत्रमा राम्रो काम गरेको छ, सहकारीमा आवद्ध जनताको संख्या पनि दिन प्रतिदिन बढ्दो छ, प्रमुख थापाले भने सहकारीको गुणस्तर बढाउन र उत्पादन क्षेत्रमा केन्द्रीत गर्न अझै धेरै मेहनत गर्नु पर्ने देखिन्छ ।
अहिलेकै अवस्थामा रहेको सहकारीबाट विपन्न वर्गका जनताको आर्थिक विकास संभव नहुने चर्चा गर्दै उहाँले सहकारीलाई यसको मर्म र भावना अनुसार तल्लो वर्गका जनताका बीचमा लैजान राज्य र सहकारी अभियानबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसी, नेफ्स्कुनका सञ्चालक चण्डीप्रसाद शर्मा, केन्द्रीय दुग्ध सहकारी संघका सञ्चालक दिपक गौतम, नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघका सञ्चालक खिम बहादुर कार्कीले सहकारी अभियानलाई व्यवस्थित रुपमा अगाडि बढाउनका लागि सबैको सहयोग र समन्वयमा गर्नुपर्ने बताए ।
कार्यक्रममा संघका सल्लाहकार तेजेन्द्र बहादुर थापा, कृषि सहकारी संघ बागलुङका अध्यक्ष नर बहादुर थापा, बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष दुर्गा बहादुर कुँवर, स्वास्थ्य सहकारी संघका अध्यक्ष सिता शर्मा, बागलुङ नगरपालिका सहकारी शाखाका प्रमुख प्रेम प्रसाद शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा संघका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी (अञ्जु) ले प्रगति प्रतिवेदन, कोषाध्यक्ष लक्ष्मण पुनले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक मिन बहादुर केसीले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संघको १३ औं वार्षिक साधारणसभाबाट निर्वाचित सचिव दुर्वलकाजी राजभण्डारीले दिएको राजिनामा पछि रिक्त रहेको सचिव पदमा साधारणसभाबाट सर्वसम्मत रुपमा साझेदारी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेज प्रसाद शर्मा चयन भएका छन् ।
Leave a comment