बिराटनगर । मोरङको कानेपोखरी–६, स्थित रमाइलोमा रहेको जनएकता बचत तथा ऋण सहकारी संस्थाको नयाँ संचालक समिति चयन भएको छ । समितिको अध्यक्ष पदमा त्रिभूना फुयल(सन्तोष) बिजयी भएका छन्।
सोमबार बिहान मत गणना सम्पन्न भएको थियो । अध्यक्षमा त्रिभूनाथ फुयालले ३४७२ मत ल्याएका थिए भने अध्यक्षका प्रतिद्वन्द्वी दानबहादुर बस्नेतले २०५८ मत ल्याएका थिए । जनएकता साकोस हुँदा अध्यक्ष दानबहादुर बस्नेत र उपाध्यक्षमा त्रिभूनाथ फुयल रहेका थिए । त्यसैगरी खुल्ला उपाध्यक्षमा सुनिलदत्त अधिकारीले २५०२ मत ल्याई विजय भएका छन् । उपाध्यक्षको प्रतिद्वन्द्वी हरि प्रसाद अधिकारीले २४५० मत ल्याएका थिए ।
त्यसैगरी महिला उपाध्यक्षमा शुष्मा कार्कीले २४२७ मत ल्याएर बिजयी भएकी छन् । महिला उपाध्यक्षका प्रतिद्वन्द्वी यसोधा लिम्बुले २३५२ मत ल्याएकी थिइन । सचिवमा राजेश कार्कीले २२६० मत ल्याएर बिजयी भएका छन् । उनका प्रतिस्पर्धी अम्बिका अर्यालले १५४२ र डिल्लीप्रसाद ओझाले १०८८ मत ल्याएका थिए । सचिव पदमा तीन जनाले उम्मेद्वारी दिएका थिए ।
त्यसैगरी खुल्ला सदस्यमा अशोक फुयाल २४१७ मत, एकराज फुयालले २१४२ मत, रत्नबहादुर काफ्लेले १९५० मत, सनिल पराजुलीले १७०३ मत र मनोज अधिकारीले १६१५ मत ल्याएर विजयी भएका छन् । खुल्ला सदस्यमा ५ पदको लागि १३ जनाले उम्मेद्वारी दिएका थिए ।
त्यसैगरी महिला सदस्यमा होमा पराजुलीले २७२२, रेजिना ठकुरीले १८८४ मत, तारा ओझाले १७४६ मत र सरस्वती चौधरीले १७११ मत ल्याएर बिजयी भएका छन् । महिला सदस्यमा ४ पदका लागि ९ जनाले उम्मेद्वारी दिएका थिए । संस्थाको सहसचिवमा कुमार फुयल र कोषाध्यक्षमा पर्शुराम खतिवडा, लेखा संयोजकमा एविन पाठक र लेखा सदस्यहरु निर्विरोध निर्वाचित भएका थिए ।
Leave a comment