काठमाडौं । चावहिलमा रहेको सर्वोच्च विकास बचत तथा ऋण सहकारी संस्थाको २०औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार संस्थाका अध्यक्ष तुलाबहादुर बडालको सभापतित्व तथा सहकारी विज्ञ केशव वडालको प्रमुख आतित्थ्यतामा सभा सम्पन्न भएको हो ।
सभामा आव ०७८ / ०७९को संचालक समितिको प्रतिवेदन संस्थाका प्रमुख कार्यकारी अधिकृत ब्रम्हबहादुर बजगाँईले प्रस्तुत गरेका थिए । संस्थाले उक्त आर्थिक वर्षमा १ करोड ६८ लाख १० हजार ९ सय रुपैयाँ शेयरपूँजी तथा १३ करोड ९५ लाख ७० हजार २११ रुपैयाँ बचत संकलन गरेको जानकारी दिए ।
त्यसैगरी संस्थाले १२ करोड ६७ लाख ६७ हजार ६०२ रुपैयाँ ऋण लगानी गरी २ करोड ८ लाखख ४९ हजार ७३८ रुपैयाँ कुल आम्दानी गरेको जनाइएको छ । संस्थाको जगेडा कोषमा १० लाख २२ हजार १३१ रुपैयाँ रहेको छ भने २८३ जना सेयर सदस्य रहेको जनाइएको छ । संस्थाले आगामी दिनमा सदस्यलाई प्रविधिमैत्री सेवा प्रदान गर्न एसएमएस सेवा, मोवाइल बैंकिङ सेवा तथा एटिएम सेवा दिने योजना रहेको प्रमुख कार्यकारी अधिकृत बजगाँईले सभामा जानकारी दिए ।
Leave a comment