पारिजात साकोसको अध्यक्षमा टंकराज काफ्ले 

पारिजात साकोसको अध्यक्षमा टंकराज काफ्ले  :: Sahakari Akhabar

भक्तपुर। पारिजात बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ध्रुवबहादुर रायमाझीको सभापतित्व तथा भक्तपुर क्षेत्र नं २ वाट प्रतिनिधि सभामा सदस्य  दुर्लभ थापाको प्रमुख आत्थ्यितामा सभा सम्पन्न भएको हो ।

सभामा भक्तपुर क्षेत्र नं २ क का प्रदेश सभा सदस्य किरण थापा, सहकारी विज्ञ कैलाशभक्त प्रधानाङ्ग, यज्ञराज ढुंगेल, वागमती प्रदेश सहकारी संघका सञ्चालक दुर्गा सञ्जेल, भक्तपुर जिल्ला सहकारी संघका कोषाध्यक्ष सावित्री धौभडेल,  भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका सञ्चालक सन्तोषी खतिवडा, सूर्यबिनायक नगरपालिका सहकारी शाखा प्रमुख राजेन्द्र कुमार श्रेष्ठ, सहकारी बैंक सुर्यविनायक शाखा प्रवन्धक दिनेश गेलाललगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि सभासद दुर्लभ थापा तथा भक्तपुर क्षेत्र नं २ क का प्रदेश सभासद किरण थापालाई वधाई दिएको थियो । त्यसैगरी सहकारी विज्ञ कैलाशभक्त प्रधानाङ्ग र यज्ञराज ढुंगेललाई जनही २५ हजार नगद सहित सम्मान गरेको थियो । सभामा विभिन्न विधामा पुरस्कृत शेयर सदस्य तथा एसइइ परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने शेयर सदस्यका छोरा छोरीहरु लाई नगद ५ हजारका साथै सम्मान गरेको थियो ।

सभाले आर्थिक वर्ष २०७८ / ७९ को बार्षिक प्रतिवेदन, सञ्चालक समितिका प्रस्तावहरु, वार्षिक कार्य प्रगति प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन लगायतका प्रस्तावहरू सर्वसम्मत अनुमोदन तथा पारित गर्नुका साथै आव २०७९ / ८०को वार्षिक वजेट, विनियम संशोधन लगायत अन्य विभिन्न विषयमा छलफल गरी निर्णय समेत  गरेको छ । सभाले टंकराज काफ्लेको अध्यक्षतामा ९ जनाको संचालक समिति तथा लक्ष्मी वस्याल घिमिरेको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्वाचित गरेको छ ।

सञ्चालक समिति
अध्यक्ष : टंकराज काफ्ले
उपाध्यक्ष  : सुरज थापा
सचिव : किरण थापा
कोषाध्यक्ष :  श्याम कृष्ण मास्के

सदस्यहरु

निरञ्जना धौभडेल
प्रेम कुमारी गौतम
नरविक्रम रायमाझी
भरत  प्रसाद सङग्रौला
श्री विद्या भट्टराई

लेखा सुपरीवेक्षण समिति
संयोजक : लक्ष्मी वस्याल
सदस्य : लक्ष्मी प्रसाद कोजु 
सदस्य : लक्ष्मण लुइटेल



Leave a comment