चन्द्रागिरि बचतको २१ औं वार्षिक साधारण सभा सम्पन्नः

चन्द्रागिरि बचतको २१ औं वार्षिक साधारण सभा सम्पन्नः :: Sahakari Akhabar

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पौष १६ गते देखि २२ गतेसम्म विभन्न ७ वटा एकाइ सभाहरु आयोजना गरेर पौष २३ मा निर्णय प्रमाणित गर्ने सभा सम्पन्न गरेको हो।

साधारण सभाको निर्णय प्रमाणित गर्ने सभाको उद्घाटन सत्रमा भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारीमा विभिन्न उप समितिहरु गठन गरिए जस्तै अर्थतन्त्र र वित्तीय बजारलाई नजिकबाट नियाल्ने र उपयुक्त नीतिगत सुधारको लागि सुझाव दिन सक्ने उपसमिति सहकारी संस्थाहरुमा गठन गर्नु उपयुक्त हुने बताए ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले सहकारीलाई उत्पादनकोे मूल्य श्रङ्खलासंग जोड्नु पर्ने बताए । राष्ट्रिय सहकारी महासंघका नायब महाप्रबन्धक बाबुल खनालले ऋण सदुपयोगिता अनुगमनको छुट्टै कार्यविधि बनाएर ऋणहरुको अनुगमन गर्न सुझाव दिए। कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक केदार मानन्धर र विभिन्न छिमेकी संस्था तथा साझेदार संस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो ।

सभामा संस्थाका अध्यक्ष योगेन्द्रकुमार कुँवरले आव २०७८र०७९ को वार्षिक प्रतिवेदन, भानुप्रकाश ढकालले  लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन तथा प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले  संस्थाको चारवर्षे रणनीतिक योजना प्रस्तुत गरेका थिए । साधारण सभाले १० प्रतिशत शेयर लाभांस र संरक्षित पुँजी फिर्ता कोष वितरण गर्नेलगायत १४ वटा कार्यसूचीहरु पारित गरेको थियो ।

साधारण सभाले चन्द्रागिरि उच्च शिक्षा छात्रवृत्ति कोषबाट २३ जना विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । त्यसैगरी १९ जना कोष स्थापना गर्न सहयोग गर्ने दाताहरुलाई सम्मान गरेको छ । त्यसैगरी सदस्य कुन्नम पोखरेल र दिपक दुलाल तथा कर्मचारी शाखा अधिकृत दामोदर रिजाल र लगनशील कर्मचारी प्रभा बन्जारा एवं श्यामकुमारी खड्कालाई सम्मानतथा पुरस्कृत गरेको थियो ।



Leave a comment