रुपन्देही बचत संघको अध्यक्षमा बसन्त ढकाल

रुपन्देही बचत संघको अध्यक्षमा बसन्त ढकाल :: Sahakari Akhabar

बुटवल । रुपन्देही बचत तथा ऋण सहकारी संघको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभा बाट बसन्त ढकालको नेतृत्वमा सञ्चालक समिति र पुरुषोत्तम आचार्यको नेतृत्वमा लेखा सुपरीवेक्षण समिति सर्वसम्मत निर्वाचित भएको छ। संचालक समितिको उपाध्यक्षमा गोमा शर्मा, सचिवमा बाबुराम बञ्जाडे तथा कोषाध्यक्षमा भोज बहादुर बुढाथोकी निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा खेमराज पाण्डे, अशोक तिवारी, रामप्रसाद पौडेल, निर्मला अधिकारी, कपिला एसी रायमाझी, मीना पौडेल, रमणि डुम्रे, भानुभक्त पौडेल र नारायण प्रसाद भट्टराई निर्वाचित भएका हुन् । त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा पुरूषोत्तम आचार्य तथा सदस्यमा धना खनाल र प्रिया गुरुङ निर्वाचित भएका छन् ।



Leave a comment