बचत संघ चितवनमा विद्या कोइरालाको अध्यक्षतामा ११ सदस्यीय संचालक समिति निर्वाचित

बचत संघ चितवनमा विद्या कोइरालाको अध्यक्षतामा ११ सदस्यीय संचालक समिति निर्वाचित :: Sahakari Akhabar

चितवन । चितवन जिल्ला बचत तथ ऋण संघको २३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले विद्या कोइरालाको अध्यक्षतामा ११ सदस्यीय संचालक समिती निर्वाचित भएका छन् । समितिको उपाध्यक्षमा इश्वरी शर्मा ढकाल, सचिव सुदिप रेग्मी, कोषाध्यक्ष गोविन्दप्रसाद भट्राई र सहसचिवमा ऋतु गिरी निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यमा मञ्जु भट्ट पाण्डे, नारायणप्रसाद कंडेल, प्रभुप्रसाद महतो, पवन श्रेष्ठ, आरती पन्त र सानुमाया थापा निर्वाचित भएका छन् । त्यसैगरी लेखा समितिको संयोजकमा मिनप्रसाद निर्वाचित भएका छन् ।संघका अध्यक्ष हरिश्चन्द्र सुवेदीको अध्यक्षतामा एवं नेफस्कुनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको थियो ।

नेफ्स्कुनका उपाध्यक्ष शान्ति अधिकारी, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका संचालक सदस्य तेजेन्द्रवहादुर खड्का, जिल्ला सहकारी संघका अध्यक्ष हरिप्रसाद पौडेल, जिल्ला बहुउद्देश्यिय सहकारी संघका लेखा सुपरिवेक्षण समितिका संयोजक मदनप्रसाद खरेल, संघका सल्लाहकार सोमराज खनिया, भरतप्रसाद दवाडी, धनप्रसाद श्रेष्ठ, मिना खरेल, कानुनी सल्लाहकार जगन्नाथ भण्डारीु, लेखा सुपरिवेक्षण समितिका संयोजक चुडामणी पौडेल लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।

संस्थाका सचिव रामराज पौडेलले संचालक समितीको तर्फवाट बार्षिक प्रतिवेदन प्रस्तुत आव २०७८ / ०७९ का कार्यक्रम तथा आव ०७९ / ०८० का प्रस्तावित कार्यक्रमहरु प्रस्तुत गरेका थिए । संघले शेयर रकम १ करोड ५३ लाख ७२ हजार त्यसैगरी बचत १४ करोड ३५ लाख ६२ हजार र ऋण लगानी १३ करोड ६६ लाख ५५ हजार संघको कुल सम्पत्ती १७ करोड १५ लाख ५० हजार रहेको जनाइएको छ । संघले साधारण सभाको अवसरमा सदस्य सस्थालाई सम्मान तथा पुरस्कार प्रदान गरेको थियो ।

सम्मान तथा पुरस्कार पाउने संघ संस्था

१० करोड सम्म कारोवार गर्ने संस्थाहरु मध्येवाट

प्रथम–श्री उज्जवल महिला विकास साकोस रत्ननगर–१, चितवन

द्धितीय–श्री नवदुर्गा भवानी साकोस भरतपुर–५, चितवन

ख) १० करोड देखी ३० करोड सम्म कारोवार गर्ने संस्थाहरु मध्येवाट

प्रथम–हिमाली व्राह्मी महिला साकोस भरतपुर–११

द्धितीय– अर्थगणेश साकोस भरतपुर–१५

तृतिय–आदर्श साकोस भरतपु–१०

ग) ३० करोड देखी माथि कारोवार गर्ने संस्थाहरु मध्येवाट

प्रथम–अथर्व साकोस भरतपुर–१२

द्धितीय–हाम्रो चित्रवन साकोस भरतपुर–१२

तृतीय– प्रभात दिदीवहिनी साकोस भरतपुर–१२

सम्मान तथा पुरस्कार पाउने कर्मचारीहरु

प्रथम– श्री कृष्णकला सापकोटा, हिमाली व्राह्मी महिला साकोस
प्रथम–श्री नारायण प्रसाद सापकोटा, आदर्श साकोस
द्धितीय–श्री ठाकुरप्रसाद दवाडी, अथर्व साकोस
तृतीय–श्री उदयवावु वराल, नवचितवन साकोस



Leave a comment