विराटनगर । नेपाल बचत तथा ऋण केन्दिय सहकारी संघ (नेप्mस्कून) की सञ्चालक सदस्य गोम नेपालले सहकारीले आफ्ना शेयर सदस्यहरुको सम्पूर्ण जिम्मेवारी लिनुपर्ने बताएकी छिन् । मोरङको ग्रामथान गाउँपालिका २ झोराहाटमा रहेको सौजन्य बचत तथा ऋण सहकारी संस्था झोराहाटको शनिबार सम्पन्न १२ औं बार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपालले सदस्यको आर्थिक स्तर बढेको छ छैन देखि सामाजिक साँस्कृतिक परिवर्तमा भएको छ छैन् भन्ने कुराको पनि ख्याल गर्नुपर्नेमा जोड दिईन् ।
सहकारी शेयर सदस्य, सञ्चालक समिति र कर्मचारीको संयुक्त सहयोगमा मात्र अगाडि बढ्ने बताउँदै विशेष त शेयर सदस्यहरुले नै संस्थाप्रति चासो राख्नुपर्ने बताईन । एकका लागि सबै र सबैका लागि एक भन्ने नाराले सहकारीहरु सञ्चालन भईरहेको उल्लेख गर्दै नेपालले सहकारी संस्थाको मालिक नै शेयर सदस्य हुने भएकाले संस्था अगाढि बढाउन सदस्यको भूमिका महत्वपूर्ण हुने बताईन ।
त्यसैगरी जिल्ला सहकारी संघ मोरङकी उपाध्यक्ष पार्वती बरालले सदस्यले ऋण लगिसकेपछि जुन उदेश्यले ऋण लगिएको हो त्यही अनुरुप परिचालन गर्नुपर्ने बताईन । सहकारीले पनि ऋण लगानी गरिसकेपछि कुन क्षेत्रमा लगानी भएको छ भनेर अनुगमन गर्नुपर्ने बताईन ।
‘सहकारीको सदस्य भईसकेपछि उसको अवस्था के छ, आर्थिक स्तर बढेको छ छैन भन्ने कुरा हेर्दै कुन प्रयोजनका लागि ऋण लिएको थियो र कुन प्रयोजनमा खर्च भयो भन्ने कुरा संस्थाले हेनुपर्छ’, उनले भनिन् ।सहकारीको निक्षेप २ करोड ४८ लाख ३८ हजार १९७ रुपैया ८३ पैसा रहेको छ ।
सहकारीको शनिबार झोराहाटमा सम्पन्न १२ औं बार्षिक साधारण सभाको अवसरमा अध्यक्ष हरिनारायण चौधरी द्धारा प्रस्तुत बार्षिक प्रतिवेदन अनुसार सहकारीको शेयरपुँजी ९८ लाख ६० हजार ८ सय रुपैया रहेको छ भने ऋण लगानी ३ करोड ७९ लाख ६९ हजार ७०५ रुपैया रहेको छ ।
सहकारीको कोष हिसाव ६३ लाख ७८ हजार ३९० रुपैया ९६ पैसा रहेको छ भने तरलता ३८ लाख ३६ हजार ६२३ रुपैया ४३ पैसा रहेको छ । सहकारीको बाह्य ऋण ३६ लाख ९२ हजार ६०६ रुपैया ७८ पैसा रहेको छ भने भाखा नाघेको ऋण २२ लाख ७९ हजार रुपैया रहेको प्रतिवेदनमा उल्लेख छ ।
सहकारीको स्थिर सम्पति २४ लाख १४ हजार ७५३ रुपैया ९० पैसा रहेको छ । अध्यक्ष चौधरीले प्रस्तुत गरेको प्रतिवेदन अनुसार सहकारीले संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली, सामाजिक उत्तरदायित्वका विषयमा प्रभावकारी रुपमा काम गरेको छ ।
सहकारीले झोराहाट बजारमा रहेको आफ्नो ७ धुर जग्गामा भवन निर्माणको काम गरिरहेको छ । केही समयदेखि सहकारी भवन निर्माणको काम रोकिएको अध्यक्ष चौधरीले बताए । तरलता अभाव र पछिल्लो समयमा देखिएको विभिन्न समस्याका कारण भवन निर्माणको काम स्थगित गरिएको उनले बताए ।
सहकारीका अध्यक्ष चोधरीको अध्यक्षता तथा नेफ्स्कुनकी सञ्चालक सदस्य गोमा नेपालको प्रमख आतिथ्यतामा भएको बार्षिक साधारण सभामा सहकारीमा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य महेश श्रेष्ठ, मन्दोदरी कुमारी चौधरी र प्रेमलाल उराउलाई सम्मान गरिएको थियो । त्यसैगरी जेष्ठ सदस्य देवी प्रसाद ढुंगाना र खप्पु सरदारलाई सम्ममान गरिएको थियो ।
साधारण सभामा लेखा तथा सुपरिवेक्षेण समिति संयोजक सीता थरुनीले लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिईन । प्रतिवेदनका अनुसार सहकारीमा भाखा नाघेको ऋण धेरै भएको अवस्थामा कर्जा जोखिम कोषमा रकम बढाउनुपर्ने भएकाले सहकारीको कम रकम रहेकाले पुँजी बढाउन सुझाव दिईएको छ। कर्जा जोखिम कोषमा ३ लाख ९३ हजार ९६० रुपैया रहेको र उक्त रकम सहकारी मापदण्ड अनुसार अपुग भएकोले कर्जा जोखिम कोष बृद्धि गर्न भनिएको छ ।
त्यसैगरी सहकारीको कुल सम्पतिमा निक्षेप ५३.७७ प्रतिशत रहेकाले बचत बृद्धिका विशेष योजना ल्याउन र सदस्यहरुलाई नियमिति बचत गर्ने बानीको विकास गराउन प्रेरित गर्ने, भाखा नाघेको ऋण पल्र्स सुचांक भन्दा बढी ६ प्रतिशत देखिएकाले निस्कृय ऋण न्युन गर्न प्रभावकारी रुपले असुल उपर गर्ने कार्यलाई निरन्तरता दिदै घटाउनुपर्ने, शिक्षा उपसमिति सकृय भई सदस्यहरुलाई समयानुसार तालिम, गोष्ठि र अवलोकन भ्रमणमा सहभागि गराई ज्ञान सिप र क्षमताको विकास गराउनुपर्ने र सदस्यहरुलाई संस्था प्रति विश्वास बढाउन संस्थाले आकर्षित कार्यक्रमहरु संचालन गर्नुपर्ने सुझाव दिईएको प्रतिवेदनमा उल्लेख छ ।
साधारण सभाको अवसरमा सहकारीका उपाध्यक्ष बिजय कुमार सरदारले स्वागत मन्तव्य राख्दै समग्रह सहकारीको अवस्था, देखिएका समस्याका बारेमा जानकारी गराएका थिए । सहकारीमा भाखा नाघेको ऋणको विषयमा सदस्यहरुले पनि यसमा साथ दिनुपर्नेमा जोड दिएका थिए । साधारण सभामा सहकारीकर्मी बाशुदेव घिमिरे र ग्रामथान सहकारी सञ्जालका सचिव भूपनारायण चौधरीले शुभकामना मन्तव्य राखेका थिए ।
Leave a comment