दोलखा । जिल्ला सहकारी संघ दोलखाको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको प्रमुख अतिथि सांसद गंगा कार्कीले उद्धघाटन गरेकी थिइन् ।
जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाइको सभापतित्वमा भएको सभामा मेलुङ गाँउपालिकाका अध्यक्ष हिराकुमार थोकर, गौरिशंकर गाँउपालिकाका अध्यक्ष बिश्वास कार्की, दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा अतिथिमा रहेका थिए ।
त्यसैगरी बागमती प्रदेश सहकारी संघका महा सचिव भिमप्रसाद दहाल, नेफ्स्कूनका संचालक जिवसराज खड्का, संघका पुर्व अध्यक्ष बेदबहादुर केसी, निवर्तमान अध्यक्ष शिवजी राउतको सहभागीता रहेको थियो ।
सभामा संघका सल्लाहकार रामदास श्रेष्ठ, जिल्ला समन्वय समितिका सदस्य मेनुका पोखरेल (चौंलागाई), जिल्ला बहुउद्देस्यीय सहकारी संघका अध्यक्ष श्यामकाजी कटुवाल, दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष जगतप्रसाद सुवेदीलगायतको उपस्थिति रहेको थियो ।
Leave a comment