सहकारीकर्मीलाई मध्यपुरठिमीको सम्पत्ति शुद्धिकरण निवारण तालिम

सहकारीकर्मीलाई मध्यपुरठिमीको सम्पत्ति शुद्धिकरण निवारण तालिम :: Sahakari Akhabar

काठमाडौं । मध्यपुरठिमी नगरपालिकाले आफु मातहत रहेका सहकारीकर्मीलाई सम्पत्ति शुद्धिकरण निवारण कार्यविधि निर्माण सम्बन्धि तालिम दिएको छ । नगरपालिकाको सहकारी शाखाले आयोजना गरेको दुई दिने तालिममा २० भन्दा बढि सहकारीका प्रतिनिधिले सहभागिता जनाएका थिए ।

सहकारीका विकृतिलाई न्यूनिकरण गर्न नगरपालिकाले सम्पत्ति शुद्धिकरण निवारण कार्यविधिबारे प्रशिक्षण दिएको सहकारी शाखा प्रमुख सुरेश राइले जानकारी दिए । तालिममा कार्यविधि बनाउने विषयमा केन्द्रित गरी नेपाल राष्ट्र बैकका पुर्व निर्देशक श्यामकृष्ण दाहालले सहजिकरण गरेका थिए ।

कार्यक्रममा शिक्षा विकास साकोसका अध्यक्ष तुल्सीहरी प्रजापतिले तालिम उपलब्धिमुलक रहेको बताए । तालिममा सहभागि मोलुङ वचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष सुरेशबाबु जमरकट्टेलले नगरपालिकाले दिएको तालिमले सहकारी सञ्चालनमा थप सहयोग मिलेको र सहकारीमा सम्पत्ति सुद्धिकरण कार्यविधि बनाउन सहज हुने धारणा राखे ।



Leave a comment