काठमाडौ । बलम्बु च्याउ सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ र पौष १५ गते शुक्रबारका दिन भएको सभाको प्रतिनिधि सभाका सदस्य कृष्ण गोपाल श्रेष्ठले उद्धघाटन गरेका थिए ।कार्यक्रममा बागमती प्रदेश सदस्य केशव प्रसाद पोखरेल, च्याउ विज्ञ डा.महेश कुमार अधिकारी, बुद्धिरत्न खड्गे, चन्द्रागिरी नगर उपप्रमुख वसन्ती श्रेष्ठको आतिथ्यतामा रहेको थियो ।
उक्त सभामा नव निर्वाचित जन प्रतिनिधिहरु, संस्थाका असल बचत सदस्य, असल ऋणी सदस्य, असल शेयर सदस्य, युवा उद्यमी, समुदायमा रहेका बाजा खलहरु, नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्न सफल खेलाडी तथा स्नातक तहमा कलेज टप गर्ने सदस्य लाई सम्मान गरिएको थियो । सभामा उपस्थित सदस्यहरुलाई संस्थाबाट उत्पादित च्याउको अचार उपहार स्वरुप प्रदान गरिएको थियो ।
Leave a comment