हाइलाइट

उज्वल वचतको १५ औं वार्षिक साधारण सभा सम्पन्न

उज्वल वचतको १५ औं वार्षिक साधारण सभा सम्पन्न :: Sahakari Akhabar

पोखरा । उज्वल वचत तथा ऋण सहकारी संस्थाको शनिवार १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाको राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले उद्घाटन गरेका थिए । जिसीले पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको संकटबाट सहकारीलाई जोगाउनका लागि सदस्य शिक्षालाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।

सहकारीको सञ्चालन, संरक्षण र विकासमा सदस्यकै भूमिका हुन्छ, जिसीले भने । कार्यक्रममा आदर्श समाज दैनिकका प्रधान सम्पादक कृष्णप्रसाद बाँस्तोला, संस्थाका सल्लाहकार नारायण कार्की, संस्थाको अनुगमन समितिका संयोजक राजेन्द्र लिगल, सदस्य बाबुराम पन्त, गैर सरकारी संस्था महासंघ गण्डकी प्रदेशका कार्यवाहक अध्यक्ष पदमराज पहारी, सम्मानित सदस्य उषा काफ्ले लगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रम संस्थाका अध्यक्ष नरेन्द्र बाँस्तोलाको अध्यक्षता, सचिव सुरेन्द्र बाँस्तोलाको सञ्चालन र सञ्चालक सदस्य पुजन राजभण्डारीको स्वागतमा सम्पन्न भएको थियो । साधारणसभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष नरेन्द्र बाँस्तोलाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष मिना कुमारी गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक बैकुण्ठराज तिम्सेनाले प्रस्तुत  गरेको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पारित गरेको छ।



Leave a comment