हाइलाइट

समय व्यवस्थापन र सहकार विषयक एक दिवसीय तालिम सम्पन्न

समय व्यवस्थापन र सहकार विषयक एक दिवसीय तालिम सम्पन्न :: Sahakari Akhabar

विराटनगर । जिल्ला सहकारी संघ मोरङको आयोजनामा समय व्यवस्थापन र सहकारी विषयक एक दिवसीय तालिम सम्पन्न भएको छ । मोरङको पुर्वी क्षेत्रलाई मध्यनजर गरेर आयोजना गरिएको तालिम मनकामना सोकास पथरीमा सञ्चालन गरिएको थियो ।   तालिममा पुर्वी क्षेत्रका २० वटा सहकारीका सञ्चालकहरुको सहभागिता रहेको थियो । तालिमको सहजीकरण मोटिभेस्नल स्पिकर राजेश दाहालले गरेका थिए ।

जिल्ला सहकारी संघ मोरङका शिक्षा तथा तालिम उपसमिति संयोजक कमलेश्वर ठाकुरले वर्तमान समयमा यस्ता किसिमका तालिम सहकारीमा अन्यन्तै आवश्यक रहेको बताए । समयमा नै लगानी र समयमा नै असुली भन्ने मूल मन्त्रलाई मनन् गरेमा सहकारीहरु समस्यामा नजाने ठाकुरले बताए ।

‘सञ्चालकहरुले समयको व्यवस्थापन गर्न नसकेर पनि धेरै सहकारीमा समस्या आएको देखिन्छ’, उनले भने, ‘त्यही भएर पनि हामीले यस्तो किसिमको तालिम आयोजना गर्नुपर्छ भन्ने उदेश्यले तालिमको योजना बनाएका हौं ।’ सहकारीमा समय व्यवस्थापन महत्वपूर्ण कुरा भएको उनको भनाई छ ।



Leave a comment