काठमाडौं । राष्ट्रिय सहकारी बैंकको १९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको निर्वाचन सहितको साधारण सभा १६ गते सम्पन्न भएको हो ।
बैंकले साधारण सभाको अवसरमा विभिन्न क्षेत्रमा योगदान गर्ने संस्घ संस्था तथा ब्यक्तीलाई सम्मान तथा पुरस्कृत गरेको छ । यसै क्रममा सहकारी पत्रकारीता पुरस्कार नेपाल सहकारी पत्रकार समाजका सदस्य सन्तोष रोकायले प्राप्त गरेका छन् ।
त्यसैगरी राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले पूर्व मन्त्री तथा महासंघका निवर्तमान अध्यक्ष केशव बडालको नाममा स्थापना गरेको केशव बडाल सहकारी पत्रकारिता सम्मान–२०७९’बाट सहकारी पत्रकार काजी श्रेष्ठ सम्मानित भएका छन् ।
प्राकृतिक बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभाको अवसरमा शनिवार श्रेष्ठलाई सो पुरस्कार प्रदान गरिएको हो।

Leave a comment