काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सदस्यता अद्यावधिक गर्न संघहरुलाई ३५ दिने सूचना जारी गरेको छ । महासंघले विभिन्न १८ वटा संघहरुलाई सूचना जारी गर्दै सदस्यता अद्यावधिक नगरे सदस्यता खारेज गरिने जनाएको छ ।
सूचनामा लामो समयदेखि वार्षिक सेवा शुल्क वुझाउन बाँकी रहेका र वार्षिक प्रतिवेदन समेत नबुझाएका संघले ३५ दिनभित्र अद्यावधिक गर्ने र सो नभए खारेजीका लागि आवश्यक प्रक्रियामा लैजाने निर्णय गरेको जनाएको छ ।
सूचनामा सदस्यको निष्कासन गर्नु अघि समितिले सम्वन्धित सदस्यलाई आफूलाई लागेको आरोपको सम्वन्धमा स्पष्टीकरण दिने वा त्यस्तो आरोपको खण्डन गर्न सकिने छ । त्यसकालागि सदस्यता नियमितता गर्न नसक्नुको कारण सहितको स्पष्टिकरण पेश गर्न र भुक्तानी गर्न बाँकी रहेको सदस्यता शुल्क बुझाउनभनेको छ ।
Leave a comment