चीना थापा, विराटनगर । विराटनगर महानगरपालिकाले निश्कृय रहेका तीन दजर्न सहकारीहरु खारेजी प्रक्रिया अघि बढाएको छ । महानगरले पटक पटक खोजी गरी सम्पर्क गर्ने प्रयास गरेपनि सम्भावना नभएपछि सम्पर्कमा नआएका ३६ सहकारीलाई सूचना जारी गरेको हाे ।
महानगरपालिकाले ३५ दिन भित्र सहकारीलाई सम्पर्कमा आउन सूचना जारी गरेको छ । तोकिको समयभित्र सम्पर्कमा नआए कानुन बमोजिम खारेजीको प्रक्रिया अघि बढाइने महानगरपालिका सहकारी शाखाकी रोजी कार्कीले जानकारी दिईन ।
‘हाम्रो अभिलेखमा रहेकामध्ये ३६ सहकारी संस्था सम्पर्कमा छैनन्, अनुगमनमा पनि हामीले भेटाउन सकेनौ’ उनले भनिन्, सहकारी संस्थाको उल्लेखित ठेगानामा गयो, संस्था हुँदैन, स्थानीयलाई सोध्यो, पहिला थियो अहिले थाहा छैन भन्छन् । खोज्न जाँदा पनि नभेटिने र हालसम्म कुनै पनि विवरण पनि बुझाउन नआएका सहकारीलाई ३५ दिन भित्र सम्पर्कमा आउन सूचना निकालेका छौं ।’
‘सूचना प्रकाशित भएपश्चात ४-५ वटा सहकारी संस्थाका व्यक्तिहरुले फोन गरेर हाम्रो संस्था छ कीन यसरी नाम प्रकाशित गर्दिनुभएको भनिरहनुभएको छ’, उनले भनिन्, कतिले हामी आउँछौ भन्नुभएको छ, तर लेखा परिक्षण प्रतिवेदन तथा बार्षिक साधारण सभाको प्रतिवेदन लिएर भने कोही आउनुभएको छैन ।’
महानगरपालिकाकाे सूचना

Leave a comment