विराटनगर । सहकारी नेता घनश्याम खतिवडा मोरङ क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएका छन । नेपाली कांग्रेसका डिगबहादुर लिम्बुले २७ हजार २९७ मत ल्याउदा नेकपा एमालेका उम्मेदवार खतिवडाले २६ हजार ८६७ मत प्राप्त गरे ।
खतिवडा यसअघि सोही क्षेत्रबाट सांसद थिए । दोस्रो पटक सांसदका लागि उम्मेदवारी दिएका उनी ४३० मतान्तरले पराजित भएका हुन् ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का पूर्व महासचिव समेत रहेका उनले संसदमा सहकारीमा एजेण्डा उठाउदै आएका थिए । सरकारले चालु आर्थिक वर्षको बजेटमा सरकारलाई लाग्ने आयकर बृद्धि गरेपछि संसदमा उनले विरोध गरेका थिए । सांसदका रुपमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सदस्य एवम् उक्त समिति अन्तर्गत सहकारी उपसमितिका संयोजक रहि सहकारी ऐन संसोधनका लागि उनले लविङ गर्दै आएका थिए ।
Leave a comment