काठमाडौं । वागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कून) का बरिष्ठ उपाध्यक्ष प्रकाश श्रेष्ठ बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । काठमाडौं जिल्ला क्षेत्र नं ७ (ख) मा नेकपा एमालेबाट उम्मेदवारी दिएका उनले ५ हजार २७८ मत प्राप्त गर्दै विजयी भएका हुन् । श्रेष्ठ यसअघि पनि प्रदेशसभा सदस्य रहेका थिए । उनको प्रतिद्धन्द्धी नेपाली कांग्रेसका सविन तामाङले ५ हजार १३७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
संघिय सहकारी ऐन तथा प्रदेश सहकारी ऐनले सार्वजनिक पदमा बसेको व्यक्ति सहकारी संघसंस्थाको संचालक बस्न नपाउने व्यवस्था गरेपनि यसअघि श्रेष्ठ सांसदमा वहाली रहदा पनि प्रोस्कुनमा बरिष्ठ उपाध्यक्ष बनेका थिए ।
Leave a comment