काभ्रे । पाँचखालमा मुख्य कार्यालय रहेको आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाको १६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्माको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष सरोज सापकोटाको सभापतित्वमा सभा सम्पन्न भएको हो ।
सभामा शुभकामना मन्तब्य राख्दै जिल्ला सहकारी संघ काभ्रेका शर्माले संस्थाले सहकारीको मूल्य र मान्यतालाई आत्मसाथ गर्दै समुदायमा आधारित भएर सदस्यको आर्थिक सामाजिक उत्थानमा उल्लेख्य योगदान पुर्याएकोमा प्रशंसा गरे ।
सभामा संस्थाका अध्यक्ष सरोज सापकोटाले संस्थाको कारोबारलाइ प्रविधिमैत्री बनाउन आफ्नै एम सञ्चालनमा ल्याएको र छिट्टै क्यू आर कोडको सुविधा ल्याइने बताए । संस्था नेफ्स्कुनले शुरू गरेको प्रोवेशन ब्राण्डमा सहभागि रहेको बताउँदै उनले सामुदायिक सहकारी निर्माणका लागि आफुहरू प्रयत्नशील रहेको जनाए ।
संस्थाका सचिव नारायण प्रसाद ढुंगानाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको गतिविधिलाइ प्रतिस्पर्धी सदस्यकेन्द्रित र प्रतिफलमुखी बनाउ नीति, विधि र प्रविधिलाइ विशेष प्राथमिकता बताउँदै समुदायमा आधारित उत्कृष्ट र दीगो व्यवसायिक साकोस बनाउन योजना रहेका जनाए ।
संस्थाले जिल्लाभर २९ स्थानमा सहकारी शिक्षा तथा तालिमको आयोजना गरी सहकारीता र वित्तीय जानकारी प्रदान गरेको उनले जनाए। संस्थाले सामुदायिक क्रियाकलाप, जोखिम न्यूनिकरण, सहकारी अध्यययन भ्रमण, तालिम गोष्ठी, संस्थागत सुशासन, बचत नीति र सुरक्षित र ऋण प्रदान नीति जस्ता कार्यक्रम अगाडि बढाएको सभामा उनले जानकारी दिए ।
संस्थाका कोषाध्यक्ष राजन कार्कीले आर्थिक प्रतिवेदन पेश गर्दै २०७९ असार मसान्तसम्म सहकारीका ९ हजार ३५८ जना सेयर सदस्यबाट ८ करोड ७३ लाख सेयर पुँजी, ६१ करोड बचत संकलन, ८० करोड ऋण लगानी गरेको जानकारी दिए । संस्थाले जगेडा कोषमा ६ करोड ३५ लाख र अन्य कोषहरूमा २ करोड ३८ लाख व्यवस्था गरेको छ ।
संस्थाको कुल वासलात ९३ करोड पुगेको छ । संस्थाबाट १८९८ जनाले ऋण लिएर व्यापार व्यवसाय गर्दै आएका छन् । संस्थामा ४६११ जना बाल सदस्य रहेका छन् । लेखा समिति संयोजक बद्रीप्रसाद आचार्यले संचालक समितिका कृयाकलापसँग सम्बन्धित रहेर प्रतिवेदन पेस गरेका थिए ।
सभामा पाँचखाल नपाका कृषि तथा सहकारी शाखाका सुर्दशन बोलखे, पाँचखाल नपा सहकारी समन्वय समितिका सदस्य शिवहरि लामिछाने, प्रगतिशील बहुउदेश्यीय सहकारीका अध्यक्ष केशवप्रसाद काफ्ले, स्वेच्छा सहकारीका अध्यक्ष ज्ञानबहादुर थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए । १५ आना जग्गामा कार्यालय भवन रहेको संस्थाको बनेपा र मण्डनदेउपुर नगरपालिकामा सेवा कार्यालय मार्फत सदस्यलाइ सेवा प्रदान गर्दै आएको छ ।
Leave a comment