सहकारीमै दुई दशक बिताएका ज्ञवालीलाई सुप्रबल जनसेवाश्री

सहकारीमै दुई दशक बिताएका ज्ञवालीलाई  सुप्रबल जनसेवाश्री :: Sahakari Akhabar

काठमाडौ । दुई दशक भन्दा बढी समय सहकारी क्षेत्रमै बिताएका उपसचिव नारायणप्रसाद ज्ञवाली सुप्रबल जनसेवाश्रीबाट पदकबाट सम्मानित हुने भएका छन् । संविधान दिवसको अवसरमा सरकारको सिफारीसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मान प्रदान गर्ने घोषणा गरिन् । 

हाल बागमती प्रदेश सहकारी विभागका रजिष्ट्रारको जिम्मेवारीमा रहेका ज्ञवालीले सहकारी क्षेत्रमा २२ वर्ष काम गरेको अनुभव छ । सहकारी अखबारसँग कुराकानी गर्दै उनले अन्य क्षेत्रको तुलनामा सहकारीमा लामो समय काम गर्दा धेरै कुरा सिक्ने अवसर पाएको बताए । 

२०५४ सालमा डिभिजन सहकारी कार्यालय ललितपुरमा काम ज्ञवालीले सहकारी प्रशिक्षण केन्द्र नयाँ बानेश्वरमा केही समय काम गरे । बीचमा उद्योग र कृषि मन्त्रालयमा काम गरेर पुनः सहकारी प्रशिक्षण केन्द्रमै फर्किए।

संघियताअघिसम्म उनी संघिय सहकारी विभागको उपरजिष्ट्रार समेत भएका उनी त्यसपछि मुख्यमन्त्री कार्यालय बुटवल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बागमती, स्थानीय पूर्वाधार हुदै पुनः सहकारी क्षेत्रमा फर्किएका छन् । 



Leave a comment