भक्तपुर । भक्तपुर नगरपालिका–४ गपली स्थित लायकु लुंध्वाका बचत तथा ऋण सहकारीले शेयरसदस्यलाई गत आर्थिक वर्षसम्मको नाफाबाट १५ प्रतिशत लाभांस दिने भएको छ । संस्थाको वार्षिक साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरिक्षण प्रतिवेदन पास गर्नुका साथै लाभांस प्रस्ताव पनि पारित गरेको हो ।
आर्थिक वर्ष ०७९/०७९ सम्ममा संस्थाको शेयर पुँजी ८८ लाख ३९ हजार, बचत संकलन १४ करोड ५५ लाख ६० हजार र ऋण लगानी १४ करोड ३४ लाख ५८ हजार पुगेको संस्थाका सचिव आनन्द हाडाले सभामा जानकारी गराए ।
संस्थाका अध्यक्ष दिपकप्रसाद कायस्थको सभापतित्वमा सम्पन्न साधारणसभामा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजु, राष्ट्रिय सहकारी बैंक सुर्यविनायकका शाखा प्रमुख दिनेश गेलाल, भक्तपुर जिल्ला सहकारी संघका संचालक समिति सदस्य सहना पसखल, संस्थाका निवर्तमान अध्यक्ष प्रमोदलाल तिमिला, संस्थाका सल्लाहकार दयाराम तजल्यालगायतको उपस्थिती रहेको थियो ।
साधारणसभामा संस्थाका कोषाध्यक्ष कुन्दन राज सुवेदीले आव ०७८/७९ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभामा संस्थाले जेष्ठ नागरिक, उत्कृष्ट सदस्य र उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको थियो ।
Leave a comment