विराटनगर । मोरङको कानेपोखरी–७, स्थित जनमुखी बचत तथा ऋण सहकारीको अध्यक्षमा पुन संञ्जिव खड्का सर्वसम्मत भएका छन् । संस्थाको ३० औँ बार्षिक साधारणसभाबाट उपाध्यक्षमा हरिप्रसाद कोइराला, सचिवमा पुष्कर बजगाई, सहसचिवमा होमप्रसाद न्यौपाने र कोषाध्यक्षमा सञ्जीव कुमार गुरुङ चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा तिलरुपमाया बजगाई, तिलादेवी सिलवाल, बालकुमारी जोगी, कमला लिम्बु, भूमिनन्द खनाल, मित्रप्रसाद खतिवडा, पदमप्रसाद कोइराला र गोविन्द न्यौपाने रहेका छन् । त्यसैगरी लेखा तथा सुपरिवेक्षण समितिमा संयोजक मेनुका पौडेल, सदस्यहरु टंकप्रसाद न्यौपाने र एन्जल अधिकारी सर्वसम्मत भएका छन् ।
साधारणसभामा कार्यक्रममा संस्थालाई विभिन्न पक्षबाट सहयोग गर्ने व्यक्ति र जेष्ठ सदस्यहरुलाई पनि सम्मान गरिएको छ । गाउँपालिका अध्यक्ष राजमती इङ्नामले सम्मानित व्यक्तिहरुलाई सम्मान गरेकी थिइन् ।
सम्मानित हुनेहरुमा आर्थिक कारोबारमा महिला हरिमाया घिमिरे र गणमाया लिम्बु, पुरुषमा काशिनाथ बराल र प्रेमकुमार राई रहेका छन् । जेष्ठ सदस्य सम्मान विष्णुकुमार राई र ईश्वरा पोख्रेल, पूर्व संचालक सम्मान केवलराम कोइराला, उत्कृष्ट विद्यार्थी राजु न्यौपाने र समिक्षा गौतम, शेयर उत्कृष्ट विष्णुकुमार राई, ऐच्छिक बचत नियरमाया गिरी, दैनिक बचतमा लोककुमार राई रहेका छन् ।
कार्यक्रममा आर्थिक बर्ष २०७८/०७९ को कार्यप्रगती र आर्थिक बर्ष २०७९/०८० को प्रस्तावित कार्य योजना, आर्थिक बर्ष २०७८/०७९ को आर्थिक प्रतिवेदन, लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरिएको थियो।
संस्थाको कुल सम्पती १ करोड, ६६ लाख ५६ हजार, कुल संस्थागत पुँजी ५१ लाख, ५८ हजार, रहेको साधारणसभामा जानकारी दिइयो ।
Leave a comment