हाइलाइट

सहकारीमा दोहोरो सदस्यता कार्यान्वयनको अभियानमा चन्द्र ढकाल

सहकारीमा दोहोरो सदस्यता कार्यान्वयनको अभियानमा चन्द्र ढकाल :: Sahakari Akhabar

काठमाडौं । नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीमा दोहोरो सदस्यता कार्यान्वयन हुनु पर्ने बताएका छन् । यसकालागि माथिल्लो तहबाटै कार्यान्वयकालागि लाग्नु पर्ने उनको भनाई छ । आफू एकै स्थानीय तहमा दुईवटा संस्थाको सदस्य भएकोले अब एउटा मात्र संस्थाको सदस्यता लिने उनले बताए ।

उनले सहकारी ऐन २०७४ को कानुनी प्रावधानलाई आत्मसात गर्दै दोहोरो सदस्यता नलिने बताएका छन । उनले नवलपरासी वर्दघाटस्थित ग्रामीण बचत तथा ऋण सहकारी संस्थाको सदस्य छाड्न संस्थामा निवेदन दर्ता गरेको बताए । उनले भने “मैले एउटै स्थानीय तह भित्र एकै प्रकृतिको दुई वटा संस्थामा सदस्य नरहने कानुनी व्यवस्था अनुरुप ग्रामीण साकोसको सदस्यता त्याग गर्न निवेदन दिएको छु,” ढकालले भने, “अब म नवलपरासीको बर्दघाट नपा २ चिसापानी स्थित हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्थामा मात्र आबद्ध रहनेछु ।” सहकारी ऐन २०७४ को दफा ३२ (१) मा “कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिको एकभन्दा बढी संस्थाको सदस्य हुन पाउने छैन” । विभागले ऐन कार्यान्यनकालागि ०७७ साल साउनसम्मको समयाबदी तोकेको थियो ।

उक्त प्रावधान विरुद्ध सर्वोच्चमा मुद्दा दायर गरिएको र सँगै कोभिडका कारण कार्यान्वयनमा समस्या पर्ने भन्दै आवाज उठिरहेको समयमा ढकालले सदस्यता खारेजकालागि निवेदन दिएको बताए । “एउटा विषयगत केन्द्रीय निकायको माथिल्लो तहमा बसेका कारण अरुका लागि ऐन कार्यान्वयनमा प्रेरित गर्न मैले यो निर्णय गरेको हुँ,” ढकालले भने “सहकारी ऐन २०४८ को आधारमा विगतमा दुईवटा संस्थामा रहेपनि पछिल्लो ऐनको प्रावधान अनुरुप मैले एउटामा मात्र रहने निर्णय गरेको हुँ ।” ऐन कार्यान्वयनमा सवैले जोड दिनु पर्ने उनको भनाई छ । 



Leave a comment