हाइलाइट

सहकारी मार्फत समाजबाद सम्भव : सहकारीमन्त्री केसी

सहकारी मार्फत समाजबाद सम्भव : सहकारीमन्त्री केसी :: Sahakari Akhabar

काठमाडौं । कर्णाली प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले सहकारीको व्यवसायिक प्रवद्र्धनबाट मात्र समाजवाद संभव भएको बताएकी छन् । राष्ट्रिय सहकारी बैंकको १७ औं वार्षिक साधारणसभा अन्तर्गत कर्णाली प्रदेश एकाई सभाको शनिवार उद्घाटन कार्यक्रमा बोल्दै मन्त्रीय केसीले विपन्न वर्गसम्म सरकारको पहुँच पुर्याउनकालागि सहकारी क्षेत्र सबै भन्दा प्रभावकारी माध्यम र जनताको आर्थिक रुपान्तरणका लागि सहकारी व्यवसाय नै प्रभावकारी बताइन् । उनले कर्णाली प्रदेशको आर्थिक विकासका लागि प्रदेश सरकारले सहकारीलाई महत्वपूर्ण साझेदारका रुपमा लिएको बताइन् ।

बैंक वित्तीय संस्था भन्दा सहकारी संघ संस्थामा सबैको पहुँच पुग्ने विश्वास लिएको बताउदै विभिन्न ब्याज अनुदान लगायतका कार्यक्रम संचालन गरेको तथा त्यसलाई थप विस्तार गर्ने सोच बनाएको समेत उनले बताइन् । कार्यक्रम सञ्चालक प्रमुख कार्यकारी अधिकृत बद्रि कुमार गुरागाईंले सञ्चालन तथा बैंकका संचालक तथा कर्णाली प्रदेशका  संयोजक हरिहर नाथ योगीले स्वागत गरेका थिए । कार्यक्रममा बैंकका अध्यक्ष के.बी.उप्रेतीले वार्षिक प्रगति प्रतिवेदन, लेखा समितिका सदस्य मित्रराज दवाडीले लेखा समितिको प्रतिवेदन र सञ्चालक ज्ञान बहादुर तामांगले कार्यविधि र जग्गा खरिद सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए ।



Leave a comment