हाइलाइट

‘आदर्श विशेष सम्मान’ सपुत र मुस्ताङका थकालीलाई प्रदान गरिने 

‘आदर्श विशेष सम्मान’ सपुत र मुस्ताङका थकालीलाई प्रदान गरिने  :: Sahakari Akhabar

बागलुङ । यसवर्षको ‘आदर्श विशेष सम्मान’ चर्चित गायक तथा सर्जक प्रकाश सपुत र सिर्जनशील पत्रकारिता पुरस्कार मुस्ताङका पत्रकार सुन्दरकुमार थकालीलाई प्रदान गरिने भएको छ । आदर्श सञ्चार सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभाका अवसरमा शनिवार उक्त सम्मान तथा पुरस्कारको घोषणा गरिएको हो ।

आदर्श सञ्चारले प्रदान गर्ने ‘आदर्श विशेष सम्मान’ गायक सपुतलाई नगद २५ हजार रुपैयाँ राशी सहितको छ भने आदर्श सञ्चार सहकारीका सह–सम्पादक पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षत्रीले २०७१ सालमा स्थापना गरेको सिर्जनशील पत्रकारिता पुरस्कार नगद १० हजार राशीको हो । उक्त सम्मान तथा पुरस्कार निकट समयमै विशेष समारोहका बीच प्रदान गरिने आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङका अध्यक्ष हुमाकुमारी जिसी ‘अञ्जु’ले जानकारी गिराइन् ।



Leave a comment