काठमाडौं । २५ मंसिर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले देशको आर्थिक समृद्धिका लागि सहकारी क्षेत्र प्रमुख साझेदारका रुपमा रहेको बताएका छन् । राष्ट्रिय सहकारी बैंकको १७ औं वार्षिक साधारणसभा अन्तर्गत बागमती प्रदेश स्तरीय एकाई सभाको भर्चुअल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य मन्त्री पौडेलले सहकारीनै समृद्धिको आधार भएको बताएका हुन् ।
समृद्ध नेपाल, सुखी नेपाली बनाउने आधार सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका हुनुपर्छ, मुख्यमन्त्री पौडेलले भने, सिंगो सहकारी क्षेत्रलाई रोजगारी सिर्जना, कृषि उत्पादन वृद्धिमा लगाउनका लागि सहकारी बैंकको भूमिका आवश्यक छ । सहकारी बैंकले आफ्ना सदस्य संस्थाहरुलाई लगानी गर्दा कृषि, पशुपालन लगायत उत्पादनका क्षेत्रलाई केन्द्रीत गर्नु पर्नेमा उनको सुझाव थियो ।
कार्यक्रममा बैंकका सल्लाहकार राधा घलेले सरकारले गरिवी निवारण तथा आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्न आवश्यक रहेको बताईन् । उनले सबै खाले विकास सहकारीको माध्यामबाट नै सम्भव भएको आफुले देखेको बताइन । बैंकका अध्यक्ष के.बी.उप्रेतीको अध्यक्षता, सञ्चालक केदार मानन्धरले कार्यक्रम सञ्चालन र बैंकका संचालक तथा बाग्मती प्रदेशका संयोजक ज्ञान बहादुर तामांङले स्वागत गरेका थिए ।
कार्यक्रममा बैंकका सञ्चालक एवम् शिक्षा तालिम तथा सम्मान उपसमितिका संयोजक सरिता तिमिल्सिना भट्टराईले पुरस्कृत तथा सम्मानितहरुको नामावली घोषणा गरेकी थिइन । गण्डकी प्रदेशको एकाई सभा मंसिर २९ गते, लुम्बिनी प्रदेशको २६ गते, कर्णाली प्रदेशको २७ गते र सुदूरपश्चिम प्रदेशको २८ गते सम्पन्न गर्ने तालिका रहेको छ । एकाईसभाबाट चुनिने प्रतिनिधिहरुको सहभागितामा मुख्य साधारणसभा पुस ३ गतेका लागि तय गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी गराए ।
Leave a comment