हाइलाइट

लकडाउनमा पाँचतारा साकोस  रगत संकलन गर्दै

लकडाउनमा पाँचतारा साकोस  रगत संकलन गर्दै :: Sahakari Akhabar

काठमाडौं । पुरानो सिनामंगलस्थित पाँचताराबाटै बचत तथा ऋण सहकारी संस्थाले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विषम परिस्थितिका वावजुद संस्थाले ६३ औं राष्ट्रिय सहकारी दिवस तथा संस्थाको १३औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । संस्थाले विगत १० वर्षदेखि उक्त अवसर पारेर निरन्तर रक्तदान कार्यक्रम गर्दै आएको छ । 

विश्वभर फैलिएको कोरोना भाइरस कोभिड – १९ को महामारीबाट बच्न र बचाउन सरकारले मुलुकभर लकडाउन गरेको अवस्थामा संस्था आसपास रहेका सीमित सदस्यरुको सहभागितामा भएपनि रक्तदान कार्यक्रम सम्पन्न गरिएको संस्थाका अध्यक्ष भोलानाथ पाठकले बताए । 

रक्त सञ्चार केन्द्रले रगतको अभाव भएकाले संघसंस्थाहरुलाई रक्तदानका लागि आव्हान गरेको हुँदा विषम परिस्थितिमा विद्यमान रहेता पनि अति आवश्यक मानवीय सहयोग पुर्‍याउन कार्यक्रम गरिएको उनले जनाए । “विगत वर्षहरुमा संस्थाको आयोजनामा हुने रक्तादानमा १५० भन्दा बढि रक्तदाता जुट्ने गरेकोमा यस वर्ष ३२ जना मात्र रक्तदानमा सहभागि हुन सके,” पाठकले भने ।

स्वयंसेवी रक्तदाताहरुको संगठन ब्लड डोनर्स एसोसिएसन नेपाल ९ब्लोदान० र काठमाडौं जिल्ला बचत तथा सहकारी संघ लि। ९कास्कुन० को संयोजनमा गत वर्ष ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर गत वर्ष उक्त दिन नै बुधबारे रक्तदान कार्यक्रम शुरु गरिएको थियो । त्यस क्रममा ३६ वटा रक्तदान आयोजना भई सो वार्षिक कार्यक्रम समापन भएको समेत घोषणा गरियो । 

रक्त सञ्चार केन्द्रले समन्वय गर्न चाहेमा साप्ताहिक वा मासिक रुपमा रक्तदान गर्नका लागि संस्थाले स्थान उपलब्ध गराउन सकिने अध्यक्ष पाठकले जानकारी दिए । संस्थाले स्थापना दिवसको अवसर पारेर हरेक वर्ष सहकारी व्यक्तिव्यक्तित्वहरुलाई सम्मान कार्यक्रम गर्ने गरेको भएपनि यसपटकको विशेष कार्यक्रम स्थगित गरेको उनले बताए । 



Leave a comment