यस पटकको सहकारी दिवसको थिम मर्यादित श्रम र पर्यटनका लागि सहकारी भन्ने रहेको छ । महासंघले यस पटक भेला सम्मेलन गरी सहकारी दिवस नमनाउन भनेको छ । कोभिड १९ विरुद्धको सरकारको अभियानमा सहयोग गरेर यसपटक सहकारी दिवस मनाउन लागिएको हो ।
ललितपुर । राष्ट्रिय सहकारी महासंघको संयोजनमा मनमोहन मेमोरियल शिक्षण अस्पतालमा कोरोना भाइरस (कोभिड १९) नियन्त्रण सहकारी सेन्टर स्थापना हुने भएको छ ।
महासंघले चैत २० गते ६३ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर स्वयम्भु स्थित नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाको मनमोहन मेमोरियल शिक्षण अस्पतलामा सो सेन्टरको शुरुआत गर्न लागेको हो ।
महासंघको संयोजकत्वमा सहकारी अभियानको क्षेत्रबाट कोरोना नियन्त्रण सहकारी व्यवस्थापन समिति बनाइएको समितिकी संयोजा तथा महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले जानकारी दिइन् ।
नेपालमा २०१३ साल चैत २० गते चितवनको बखानपुरमा बखान ऋण समितिको स्थापना भएको दिनलाई स्मरण गर्दै प्रत्येक बर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाइदै आएको छ ।
यस पटकको सहकारी दिवसको थिम मर्यादित श्रम र पर्यटनका लागि सहकारी भन्ने रहेको छ । महासंघले यस पटक भेला सम्मेलन गरी सहकारी दिवस नमनाउन भनेको छ । कोभिड १९ विरुद्धको सरकारको अभियानमा सहयोग गरेर यसपटक सहकारी दिवस मनाउन लागिएको हो ।
सहकारीहरुले सहकारी दिवसको अवसर पारेर स्थानीय, प्रदेश र केन्द्र सरकारलाई आर्थिक सहयोग समेत उपलब्ध गराउँदै छन् । यस पटक सहकारी दिवस भव्य मनाउने उद्देश्यले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले विभिन्न समिति बनाएर कार्य अगाडि बढाएको थियो । कोरोना भाइरसको संक्रमणका लागि देश लकडाउन भएपछि सो कार्यक्रमसमेत स्थगित भएको छ ।
Leave a comment