अहिले सहकारी संस्था तथा सहकारी बैंकले कार्यालय खोलेर सेवा दिन जोखिम रहेको र सरकारको वन्द बन्दी कार्यले गर्दा आ–आफ्ना सदस्यलाई सूचना जारी गरी दैनिक आवश्यक पर्ने उपभोग्य सामान खरिद तथा स्वास्थ्य उपचार खर्चकालागि बचत झिक्न, सापटी लिन र ऋण लिन सक्ने गरी संस्थाको सम्पर्क व्यक्ती तेकेका छन् ।
काठमाडौं । कार्यालय खोलेर सेवा दिन असमर्थ भए पनि मूलुकभरका सहकारी संघ संस्थाहरुले सम्पर्क व्यक्ती तोकेर सदस्यलाई सेवा दिन थालेका छन् ।
विश्वब्यापी रुपमा फैलिइदै गएको कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मानवीय क्षती नहोस् भनेर, नेपाल सरकारले चैत ९ गतेबाट १८ गते सम्म लकडाउनको घोषणा गरेको थियो ।
लकडाउनको हल्ला अगावै अधिकांश सहकारीहरुमा निक्षेप बाहिरिन थाले पछि अत्तालिएका सहकारीले संस्थागत निणर्य गर्दै संस्था पूर्णरुपमा लकडाउन अवधी भर बन्द गर्ने निणर्य गरेका थिए भने, केही सहकारीहरुले आशिंक सेवा दिएका थिए ।
कोरोना भाइरस संक्रमण रोकथाममा सहकारीहरुले जनचेतना कार्यक्रम देखि, आवश्यक स्वास्थ्य सामाग्री वितरण र प्रविधि प्रयोग गर्न एटिएम सेवा तथा घर दैलो सेवा पनि दिएका थिए । सरकारले लकडाउन अवधी वढाएर चैत्र २५ गते सम्म पुर्याए पछि, अरु वित्तिय संस्था जस्तै सहकारीहरुले पनि सेवा ठप्प पारेका थिए ।
चैत्र १६ गते आइतबार सहकारी विभागले सम्पूर्ण सहकारी संघ संस्थाहरुलाई वित्तिय ब्यवस्था गर्दै स्थानीय निकायसंग सहकार्य गरी सदस्यलाई सम्पूर्ण सेवा प्रदान गर्न परिपत्र जारी गरेको थियो । विभागको परिपत्र पछि सेवा दिन सम्भव नहुने भन्दै सहकारी अगुवाहरु सहकारी मन्त्रालय पुगे ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी अभियन्ताहरुसँग कोरोना संक्रमण न्यूनिकरण तथा रोकथामको लागि सहकारीले महत्वपूर्ण भूमिका खेल्नु पर्ने भन्दै वित्तिय, स्वास्थ्य तथा उत्पादन क्षेत्रका सहकारीहरुलाई आंशिक रुपमा भएपनि वित्तिय लगाएत औषधोपचार जस्ता सेवाहरु प्रवाह गर्न निर्देशन दिइन् ।
त्यसको लगत्तै राष्ट्रिय सहकारी महासंघले सम्पर्क ब्यक्ती तोकेर सदस्यलाई सेवा दिन निर्देशन दिएको थियो । महासंघले विज्ञप्ती जारी गरी सम्पूर्ण सहकारी संघ संस्थाहरुलाई कार्यालय खोलेर सेवा दिन जोखिम हुने भन्दै सम्पर्क व्यक्ती तोकेर अत्यावश्यक उपभोग्य सामान खरिद तथा स्वास्थ्य उपचार खर्चको ब्यवस्था गर्न सहकारी संस्थालाई आग्रह गरेको थियो ।
अहिले सहकारी संस्था तथा सहकारी बैंकले कार्यालय खोलेर सेवा दिन जोखिम रहेको र सरकारको वन्द बन्दी कार्यले गर्दा आ–आफ्ना सदस्यलाई सूचना जारी गरी दैनिक आवश्यक पर्ने उपभोग्य सामान खरिद तथा स्वास्थ्य उपचार खर्चकालागि बचत झिक्न, सापटी लिन र ऋण लिन सक्ने गरी संस्थाको सम्पर्क व्यक्ती तेकेका छन् ।
सकभर प्रविधिको प्रयोग गरी सेवा लिन पनि सहकारीहरुले सूचना जारी गरेको देखिन्छ । अधिकांश सहकारीहरुले मूलुकको जुनसुकै बैकबाट सेवा लिन मिल्नेगरी एटिएम सेवा पनि दिइरहेको पाइन्छ ।
Leave a comment