हाइलाइट

सहकारी मन्त्री र अभियान्ता विच छलफल

सहकारी अधिकतम् उपयोगमा ल्याउन निर्देशन

सहकारी मन्त्री र अभियान्ता विच छलफल :: Sahakari Akhabar


काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी अभियन्ताहरुसँग कोरोना संक्रमण न्यूनिकरण तथा रोकथामको लागि सहकारी अभियन्तासँग छलफल गरेकी छिन् ।

राष्ट्रब्यापी रुपमा मजबुत नेटवर्क भएको सहकारी संस्थाका विषयगत केन्द्रीय संघका अध्यक्षहरुसँग छलफल गर्दै मन्त्री अर्यालले राष्ट्रिय रुपमा आएको संकटमा सहकारीको अधिकतम उपयोग गर्न निर्देशन दिएकी हुन्।

मन्त्री अर्यालले सहकारी संस्थाद्वारा सञ्चालित स्वास्थ्य अस्पतालहरुद्धारा संचालित एम्बुलेन्सहरु बिरामीको ओसारपसारमा परिचालन गर्न निर्देशन दिएकी छिन् ।

मन्त्री अर्यालले स्थानीय प्रशासनसँग समन्वय गर्दै सहकारी बैंक, वित्तिय सहकारी संस्थाहरु आंशिक रुपमा खोलेर वित्तिय लगाएत औषधोपचार जस्ता सेवाहरु प्रवाह गर्न निर्देशन दिएकी छिन् ।

आफ्ना सेयर सदस्यहरुको स्वास्थ्यलाई ध्यानमा राखेर आफू पनि सुरक्षित हुँदै सदस्यहरुलाई सचेतनामूलक कार्यक्रम मार्फत सचेत गराउन समेत मन्त्री अर्यालले निर्देशन दिएकी छिन् ।

कोरोनाको संक्रमणका कारण मुलुक लकडाउनको अवस्थामा रहेका सन्दर्भमा मन्त्री अर्यालले मुलुक अहिले संकटमा रहेको भन्दै यस्तो विपद्को बेलामा सहकारी क्षेत्रको सहयोग अमूल्य रहने उनको भनाई छ ।

आइतबार सहकारी विभागले विश्वव्यापी रुपमा फैलिएको कोभिड (१९ को संक्रमणबाट मानव जीवनको रक्षाका निम्ती सहकारी संस्थाहरुलाई ६ बुँदे परिपत्र जारी गरिसकेको छ ।

छलफलले राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लको संयोजकत्वमा ६३ औं राष्ट्रिय सहकारी दिवस मनाउनका लागि व्यवस्थापन समिति गठन गरेको छ ।

समितिको सदस्यहरुमा परितोष पौड्याल, खेम पाठक, केबी उप्रेती, सुरेन्द्र भण्डारी, नारायण देवकोटा, ज्ञानबहादुर तामाङ, माधव दुलाल, केदार खड्का रहेका छन् ।



Leave a comment