काठमाडौं । गाम्चा भक्तपुरमा रहेको गाम्चा बचत तथा ऋण सहकारी संस्थाका सदस्यले प्रधानमन्त्री राहत कोषमा ६९ हजार सहयोग गरेका छन् । संस्थाका संचालक समिति उपसमिति तथा कर्मचारीहरु २७ जनाले कोषमा उक्त रकम सहयोग गरेका हुन् ।
दुःखद घडीमा संस्थाका उक्त व्यक्तिहरुको व्यक्तिगत तर्फबाट ६९ हजार ३२२ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरी सहयोग गरेको संस्थाका अध्यक्ष विकास खड्काले जानकारी दिए ।
संस्थाको तर्फबाट रसुवा जिल्लाको भोटेकोशी नदिमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट लगायतका जिल्लामा पुर्याएको अकल्पनिय क्षतिले दुःखद घडीमा पर्नुभएका सम्पूर्ण घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दिवंगत हुनुभएका मृतात्माहरुमा चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं, अध्यक्ष खड्काद्धारा जारी विज्ञप्तीमा उल्लेख छ।

Leave a comment